२७ बैशाख, २०७६
रामेछाप- शुक्रबार दिउँसो रामेछापको सदरमुकाम मन्थलीको मुख्य बजारमा एक्कासी ‘बाच्न दे सरकार’ लेखिएको माक्स लगाएर ‘मेयर गाडीमा सरर जनता धुलोमा फरर’, ‘नागरिकको मौलिक हक अधिकार सुनिश्चित गर’ लगायतका नारा लेखिएका प्लेकार्ड सहितको ¥याली निस्कियो ।
मन्थली बजारमा निस्कने यस अघिका ¥यालीमा होहल्लाका साथ नारा लगाएर बजार परिक्रम हुन्थ्यो । तर, शुक्रबार दिउँसो निस्केको ¥यालीमा भने कुनै होहल्ला थिएन् । ‘बढ्दो वातावरण प्रदुषण नियन्त्रणका लागि सांकेतिक खबरदारी’ लेखिएको कालो ब्यानर अनि किताबाको झोला बोकेर बजार निस्कने उनिहरु अरु कोही नभएर मन्थली मावि प्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थीहरु थिए ।
विकासको मुहार फेर्ने बाचा सहित स्थानीय जनप्रतिनिधि आएको दुई वर्ष हुँदा समेत मन्थलीको मुख्य बजारको धुलो नियन्त्रणमा जनप्रतिनिधिले कुनै ध्यान नदिएको भन्दै मन्थली नगरपालिकाको कार्यालय पुगेर उनिहरुले चाँडै धुलो नियन्त्रणको लागि ज्ञापन पत्र समेत बुझाएका छन् ।
नेपाल विद्यार्थी संघ सिटिइभिटी इकाई मन्थलीका अध्यक्ष रेजन बुढाथोकीको नेतृत्वमा गएको टोलीले नगरपालिकामा ज्ञापन पत्र बुझाउँदै नगरपालिकाले तत्काल धुलो नियन्त्रणमा चासो नदेखाए नगरपालिका विरुद्ध कडा बिरोधका कार्यक्रम घोषणा गर्न आफूहरु बाध्य हुने बताए ।
यस बिषयमा नगरपालिकाले भने बजारमा सडक बिस्तार देखि लिएर विभिन्न संरचना निर्माणको कारणले धुलो बढेको र समधानको लागि नगरपालिका लागीरहेको बताएको छ ।
यो बारेमा तपाईको प्रतिकृया