Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

टेलिकमलाई पत्रकार महासंघको चेतावनी

बद्री नयाँघरे बद्री नयाँघरे
५ माघ २०७७, सोमबार
in कारोबार, समाचार
0
102
SHARES
Share on FacebookShare on Twitter

माघ ५ रामेछाप ।

नेपालटेलिकम रामेछापको सेवा प्रवाह ठप्प भए पश्चात नेपाल पत्रकार महासंघको अगुवाईमा नागरिक समाज तथा सेवाग्राहि सहितको टोलीले सोमबार ज्ञापनपत्र बुझाएका छन् । टोलिले रामेछाप टेलिकमका साथै जिल्ला प्रशासन कार्यालय रामेछाप मार्फत टेलिकमको केन्द्रीय कार्यालय काठमाण्डौलाई समेत ज्ञापनपत्र बुझाएको हो ।

  नेपाल टेलिकमकको कार्यालय मन्थली बाट प्रवाह हुँदै आइरहेको टेलिफोन सेवा र एडिएसएल नेट सेवाको मुख्य ट्रान्समिसन लिङ्गमा पटक-पटक आउने गरेको समस्याका कारण सञ्चारकर्मी लगाएत अन्य अनलाइन ब्यवसायि र सेवाग्राही समेत यसको प्रत्यक्ष मार परेका छन् ।

माघ महिनाको सुरुवाती सँगै टेलिफोन र नेट मा आएको समस्या अझै समाधान हुन नसकेको भन्दै विभिन्न मागहरु सहित टेलिकम रामेछापमा निमित्त कार्यालय प्रमुख सरोज मुखिया र टेलिकम केन्द्रीय कार्यालयका लागि प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्मालाई पत्रकार महासंघका अध्यक्ष रमेश ढुङ्गेलले  ज्ञापन पत्र बुझाउनु भएको हो ।

ज्ञापनपत्रमा टेलिफोन र एडिएसएलमा भएको समस्या समाधान आजका मितिले बढिमा ३ दिन भित्र अनिवार्य रुपमा हुनुपर्ने, प्राय अधिकास ग्राहकहरूले मासिक रुपमा एडिएसएलको भुक्तानी गर्ने गरेको तर महिना दिन पुगेपछि नेट चलेपनि नचलेपनि पैसा सकिएर सेवा बन्द हुने गरेको वर्तमान सन्दर्भमा नचलेको दिनको गणना गरी सवै सेवाग्राहिहरूलाई क्षतिपूर्ति वापद सेवा अवधि थप गरिनुपर्ने , जिल्ला र पालिका स्तरमा भैरहेको बढदो शहरीकरण सँगै नेपाल टेलिकमले दिनुपर्ने सेवा माग अनुसार दिनु पर्ने र त्यसका लागि क्षमता बृद्धि लगाएतका अन्य कामहरु तत्काल देखि सुरू गरिनुपर्ने, नेट सेवाको क्षमता बृद्धिकालागि फाइवर टु द होम (FTTH) का लागि योजना भैसकेको तर नेटवर्क को काम अझै सम्म पनि सुरूवात हुन नसकेकोले आजका मितिले ७ दिन भित्र वाट सो को कार्य प्रारम्भ गरिनुपर्ने, हाल भैरहेको (परम्परागत प्रविधिको) ड्रव वाएर मार्फत एउटै घरमा लाइन लैनान ४ देखि ५ सय मिटर सम्म ब्यक्तिगत रुपमा खर्च गरी तार टाग्नुपर्ने वर्तमान अबस्थालाई बिस्थापित गरी आधुनिक तरिकाको तत्काल फाइवर मार्फत सेवा विस्तार गरिनुपर्ने मागहरु रहेका छन् ।

त्यसैगरी सिन्धुली- खुर्कोट हुँदै र मुडे चरिकोट हुँदै रामेछाप मन्थली आएको अप्टिकल फाइवर लाई एकिकृत गरी रिङ बनाएर चुस्त दुरुस्त सेवा दिइनु पर्ने। लोकसेवा आयोगका लागि अनलाइन फाराम भर्न सिङ्गल दस्तुर बैकमा जम्मा गरिसकेका सयौंको संख्यामा रहेका आवेदकहरुको फाराम समयमा अपलोड नहुदा दोव्वर दस्तुर तिर्नु पर्ने वाध्यात्मक अवस्था आएकोले सो समस्या समाधानका लागि पहल गरिनुपर्ने लगायतका मागहरू ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

ज्ञापनपत्रमा राखेका मागहरू पुरा नभएमा महासंघको नेतृत्वमा सम्पुर्ण नागरिक समाजका अगुवाहरू,ब्यवसायी बुद्धिजिवी सहित नेपाल टेलिकमको बिरुद्धमा आन्दोलनमा उत्रने चेतावनी दिईएकोछ ।

Share41Tweet26Share7

Related Posts

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न
संघ

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न

५ माघ २०७७, सोमबार
नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको   अन्तरकृया
राजनीति

नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको अन्तरकृया

५ माघ २०७७, सोमबार
रुद्राक्षेश्वर माविमा विब्यस गठन
शिक्षा

रुद्राक्षेश्वर माविमा विब्यस गठन

५ माघ २०७७, सोमबार
शिब सुबेदीलाई सम्मान सहित  विदाई
प्रदेश नं ३

शिब सुबेदीलाई सम्मान सहित विदाई

५ माघ २०७७, सोमबार
चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि
देश

चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि

५ माघ २०७७, सोमबार
रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो
देश

रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो

५ माघ २०७७, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.