Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

बेरोजगार युवाहरूलाई स्वरोजगार बनाउने नगर प्रमुखको प्रतिबद्धता

नेपाल अभियान नेपाल अभियान
२ जेष्ठ २०७६, बिहीबार
in समाचार, स्थानीय सरकार
0
586
SHARES
Share on FacebookShare on Twitter

२ जेठ, २०७६

रामेछाप– रामेछाप नगरपालिकाका प्रमुख नरबहादुर थापामगरले नगर भित्र रहेका बेरोजगार युवाहरुलाई स्वरोजगार  बनाउने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।  उहाँले नगरपालिका क्षेत्र भित्र रहेका बेरोजगार युवाहरूलाई कृषि, पशुपालन, पर्यटन प्रबद्र्धनको लागि होमस्टे सञ्चालन, लगाएतका  स्वरोजगार  मुलक तालिमहरू नगरपालिकाले सञ्चालन गर्ने  बताउनु भएको हो ।

बिहिबार रामेछाप नगरपालिकाको आर्थिक सहयोग तथा ग्रामिण बिजनेश प्रमोशन प्रालिको सहजिकरणमा सञ्चालित ७ दिने नगर स्तरीय होमस्टे ब्यवस्थापन (कुक तालिम) कार्यक्रमको समापन समारोहमा बोल्दै नगर प्रमुख थापा मगरले आगमी तीन वर्ष भित्र नगरले तयार पारेको नगर गुरु योजना अनुसार नगरलाई समृद्ध रामेछाप नगरपालिका बनाउने गरी आफूहरू लागि परेको  बताउनुभयो ।

  उँहाले सात दिने तालिममा सहभागि भई तालिम लिएका सहभागिहरूलाई नगरपालिकालाई पर्यटनमा सहयोग पुग्ने गरी आफू स्वरोजगार हुने गरी होमस्टे सञ्चालन गर्न आग्रह समेत गर्नुभयो । तालिम लिएका सहभागिहरूले सिकेका कुरा ब्यवहारमा उतारे  नगरपालिकाले थप सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।

 कार्यक्रममा बोल्दै वडा नम्बर ५ का वडा अध्यक्ष भिम बहादुर तामाङ, वडा नम्बर ६ का वडा अध्यक्ष धन बहादुर खड्का र वडा नम्बर ७ का वडा अध्यक्ष समिर कार्कीले आफ्नो वडा भित्र रहेका युवाहरूलाई स्वरोजगार बन्नको लागि दीर्घकालिन योजना बनएर वडा कार्यालय वा नगरमा आउन आग्रह गरेका थिए ।

ग्रामिण बिजनेश प्रमोशन प्रालिका अध्यक्ष गुञ्ज बहादुर कार्कीको अध्यक्षता तथा नगर प्रमुख नर बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपाका नेता मोतीलाल तामाङ, नेपाली काँग्रेसका नेता टिकाराम लामा, पत्रकार महासंघका अध्यक्ष रमेश ढुङ्गेल र पट्ना देबी माविका प्र.अ मोहन कुमार श्रेष्ठले  नगरपालिकाले थोरै लगानीमा आफ्नै घरमा ब्यवसाय गर्न सकिने होमस्टे सञ्चालनको तालिम दिएर युवाहरूलाई रोजगारीमा लाग्ने बाटो देखाउनु  नगर पालिकाको राम्रो काम भएको बताएका थिए । 

ग्रामिण बिजनेश प्रमोशन प्रालिका अध्यक्ष गुञ्ज बहादुर कार्कीले प्रालिले यस अघि पनि जिल्लाका विभिन्न ठाउँमा धेरै युवाहरूलाई उद्यामशिल तालिम दिएर रोजगारीमा पूर्वाधार तयार पर्ने काम गरेको बताउनुभयो । कार्यक्रममा  तालिमका प्रशिक्षक र प्रशिक्षर्थीहरूले पनि  आ आफनो मन्तब्य राखेका थिए । १८ जना युवाहरु सहभागि रहेको उक्त तालिम समापन समारोह कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष केदार कार्की, कार्यपालिका सदस्य जमुना हायु, बिभिन्न वडाका वडा सदस्यहरु लगायतको सहभागिता रहेको थियो । 

Share554Tweet13Share4

Related Posts

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

२ जेष्ठ २०७६, बिहीबार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

२ जेष्ठ २०७६, बिहीबार
अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास
आधारभूत

अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास

२ जेष्ठ २०७६, बिहीबार
राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण
शिक्षा

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण

२ जेष्ठ २०७६, बिहीबार
रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम
आधारभूत

रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम

२ जेष्ठ २०७६, बिहीबार
बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग
देश

बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग

२ जेष्ठ २०७६, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.