३ जेठ, २०७६
मन्थली– सरकारले निष्पक्ष, स्वतन्त्र, मर्यादित र उत्तरदायी पत्रकारिता विकासको नाममा ल्याउन लागेको नेपाल मिडिया काउन्सिल विधेयक संसोधनको माग गर्दै रामेछापका पत्रकारहरुले मन्थलीको देवकोटा चोकमा संचार सामाग्री प्रर्दशन सहित विरोध जनाएका छन् ।
विरोध कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ तीन नम्बर प्रदेशका सदस्य बद्रि नयाँघरेले मन्त्री परिषद्बाट पारित भई संसदमा पेश भएको नेपाल मिडिया काउन्सिल सम्बन्धी विधेयक र संसदमा लैजाने तयरीमा रहेको आम सञ्चार विधेयकमा स्वतन्त्र पत्रकारितालाई घुमाउरो किसिमले निरुत्साहित गर्ने गरी विधेयक आएकाले संसोधनको लागि सडकमा बसेर विरोध गर्नु परेको बताउनुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुङ्गेलले संसदमा पेश भएको विधेयक प्रेस काउन्सिलको स्वयत्तता समेत नरहने गरि सरकार नियन्त्रित बनाउन खोजिएको र पत्रकारहरुले आचार संहिता उल्लघन गरेमा कठोर सजाय दिने दफा विधेयकमा राखिएकोले सो को संसेधन का लागि आफूहरु आन्दोलित हुनु परेको बताउनुभयो ।
शुक्रबार मन्थलीको देबकोटा चोकमा भएको कार्यक्रममा रामेछापमा विभिन्न संचार गृहमा कार्यरत पत्रकारहरू आफ्नो संचार गृहमा काम गर्ने सामाग्री सहित विरोध प्रदर्शनमा सहभागी भएका थिए ।
यो बारेमा तपाईको प्रतिकृया