Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सूचना विना घर भत्काइएको भन्दै स्थानीय आक्रोशित

नेपाल अभियान नेपाल अभियान
४ जेष्ठ २०७६, शनिबार
in समाचार, स्थानीय सरकार
0
164
SHARES
Share on FacebookShare on Twitter

४ जेठ, २०७६

मन्थली– मन्थली नगरपालिकाका स्थानीयले नगरपालिकाले सडक बिस्तार गर्दा सूचना बिना नै डोजर लगाएर घर भत्काएको   आरोप लगाएका छन् । नगरपालिकाले मापदण्ड बमोजिम सडक बिस्तार गर्नु ठिक भए पनि सडक बिस्तार र ब्यक्तीको घर भत्काउदा आफूहरुलाई थाहा नै नदिई एक लौटी ढंगले घर भत्काएर घर भित्र भएका सामाग्री समेत निकाल्न नपाएको भन्दै मन्थली–१ खाँदबारी चोकका विश्वास श्रेष्ठले आक्रोश व्यक्त गर्नुभएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गरी पीडित श्रेष्ठले आफू नगर प्रमुखसँग बुझ्न जाँदा यो नगरको अधिकार भित्र नपर्ने भनेर जबाफ दिएको तर आफू काम विशेषले काठमाण्डौ गएको बेला नियोजित तरिकाले घर भत्काईएको आरोप लगाउनुभयो । भत्काईएको घरमा आफ्नो सामाग्री रहेको तर भत्काउने बेला परिवारका सदस्यलाई जानकारी नै नदिई भत्काईएको हुँदा आफ्नो ठूलो क्षति भएको समेत श्रेष्ठले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भएको हो । उहाले भन्नुभयो –“मापदण्ड सबैलाई लाग्ने हो की हामिलाई मात्र लाग्ने हो । पहुँच वालाको सार्बजनिक जग्गामा परको घर जग्गा केहि नगर्ने हामी पहुँच नभएकाको मात्र जबरजस्ती भत्काइदिने यो कहासम्मको न्यायोचित हो ?”

सार्वजनिक जग्गामा घर भएको वा कुनै पनि नियम विपरित घर बनाइएको भए पनि ३५ दिने सूचना निकालेर मात्रै घर भत्काइनु पर्नेमा सूचना नै ननिकाली वडा कार्यालयलाई समेत जानकारी नगराई गुपचुपमा रुपमा नगर प्रमुखले घरमा डोजर चलाएर आफूलाई अन्याय गरेको श्रेष्ठको  आरोप रहेको छ  ।  

घर भत्काउने विषयमा जानकारी नै छैन : वडा अध्यक्ष श्रेष्ठ

सडक विस्तारको क्रममा खाँदबारीमा घर भत्काउने विषयमा वडा कार्यालयलाई जानकारी नभएको वडा नम्बर १ का वडा अध्यक्ष नारायाणदाश श्रेष्ठले बताउनुभयो । वडा भित्र हुने हरेक गतिबिधि वडा कार्यालयलाई  थाहा हुनु पर्ने हो तर त्यो भएको छैन ।  नगर प्रमुखले यस अघि देखि नै वडा कार्यालयलाई जानकारी नदिई वडाभित्रका केहि कामहरु एकलौटि ढंगबाट  गर्दै आएको वडा अध्यक्ष श्रेष्ठले बताउनु भयो ।  विकासमा आफू बाधक नभएको तर, आफ्नै वडामा हुने कामको बारेमा आफूलाई थाहा नहुनु यो सरासर गलत भएको  पनि उहाँले बताउनुभयो ।

नियम अनुसार बाटो विस्तार भएको छ : नगर प्रमुख बस्नेत

यस विषयमा मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले सडक विस्तारको काम नियम बमोजिम नै भएको जिकिर गर्नुभएको छ । उहाले १५ दिने सूचना जारी गरी सूचनाको म्याद सकिएको केहि दिन सम्म पनि आफै भत्काउछन् कि भनेर छाडिदिदा पनि नभत्काएपछि सडकको मापदण्ड अनुसार सार्बजनिक जग्गा मिचेर बनाइएका घरहरु डोजर लगाए भत्काउनु परेको जिकीर गर्नु भयो । वडा कार्यलय सँग पनि समन्वय गरेरै काम गरेको छु, आरोप लगाएर मात्र हुँदैन उहाले भन्नुभयो ।

Share66Tweet41Share11

Related Posts

मन्थली नगरको वजार सरसफाई
प्रहरी-प्रशासन

मन्थली नगरको वजार सरसफाई

४ जेष्ठ २०७६, शनिबार
रामेछाप उद्योग वाणिज्य संघले मन्थलीमा महोत्सव गर्ने
देश

रामेछाप उद्योग वाणिज्य संघले मन्थलीमा महोत्सव गर्ने

४ जेष्ठ २०७६, शनिबार
देवकोटा चोकमा गोक्तेले खैराँतेलाई माफी मगाए
देश

देवकोटा चोकमा गोक्तेले खैराँतेलाई माफी मगाए

४ जेष्ठ २०७६, शनिबार
रामेछाप प्रहरी द्वारा वार्षिक प्रतिवेदन सार्वजनिक ,  २ करोड १ लाख ८० हजार १७५ रुपैयाँ जरिवाना असुल उपर
देश

समुदाय र विद्यार्थीलाई सचेत बनाउँदै रामेछाप  प्रहरी 

४ जेष्ठ २०७६, शनिबार
देश

४ जेष्ठ २०७६, शनिबार
मन्थलीले सुरु गर्‍यो  लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान
देश

मन्थलीले सुरु गर्‍यो  लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

४ जेष्ठ २०७६, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.