काभ्रे, ४ चैत्र । नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायि महासंघ जिल्ला शाता काभ्रेपलाञ्चोकले आफ्ना पुस्तक ब्यवसायिहरुको ब्यवसायिक प्रवर्दन भ्रमण सम्पन्न गरेको छ ।
यहि फागुनको २७ गते बाट सुरु गरिएको भ्रमण चैत्र ३ मा समापन भएको थियो । भ्रमणका अवसरमा गोरखा,रुपन्देही ,कपिलवस्तु चितवनका ब्यवसायिहरू सँगको अन्तरकृयात्मक कार्यक्रम गरिनुका साथै ति स्थनहरुमा रहेका विभिन्न धार्मिक तथा पर्यटकिय स्थलहरूको अवलकोन समेत गरिएको थियो ।

पुस्तक तथा स्टेशनरी ब्यवसायि महासंघ काभ्रेका अध्यक्ष भिम प्रसाद आचार्यको नेतृत्वमा काभ्रे जिल्लाका ३५ जना ब्यवसायिहरूको सहभागिता रहेको थियो ।
सो अवसरमा कापी कारखाना र डटपेन कारखानाको अवलोकन पश्चात कपिलवस्तु, रुपन्देही जिल्लाहरुका उद्योग वाणिज्य संघका पदाधिकारी एबं पुस्तक तथा स्टेशनरी ब्यवसायिहरूसँग ब्यवसाय प्रवर्दनको बारेमा अनुभाव आदान प्रदान गरिएको थियो ।

उक्त भ्रमण वाट ब्यवसायिक एकता कायम हुनुका साथै अन्तर जिल्लाको सम्वन्ध सुमधुर बन्ने तथा नेपालको सिमानामा पर्ने भारतवाट सिधै स्टेशनरी सामाग्रीहरू ल्याउन सके ग्राहकहरूलाई अझै सहुलियत दरमा विक्रि वितरण गर्न सकिने सिकाई भएको पुस्तक तथा स्टेशनरी ब्यवसायि महासंघ जिल्ला शाखा काभ्रेका निवर्तमान अध्यक्ष कृष्णराम कार्कीले वताउनुभयो ।

भ्रमणका क्रममा चितवन पुगेका ब्यवसायिहरुलाई नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायि महासंघ वागमती प्रदेशका अध्यक्ष किरण कुमार खनालले सहभागिहरुलाई स्वागत गर्दै उद्देश्य प्राप्तिको शुभकामना ब्यक्त गर्नु भएको थियो भने केन्द्रीय अध्यक्ष मनहरी वस्यालले पनि शुभकामना ब्यक्त गर्दै यस्ता भ्रमणले उपलब्धिमुलक कामगर्न सहज हुने वताउनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया