रामेछाप,१९ बैशाख । नेपाली काँग्रेसका नेता शिबबहादुर खड्काको आइतवार उच्च रक्तचापका कारण मृत्यू भएको छ ।
तत्कालिन जिल्ला विसका समितिका सभापति हुदै संबिधान सभा सदस्य समेत बन्नु भएका खडकाको आइतवार दिउसो उपचारका क्रममा नागरिक सामुदायिक अस्पताल भक्तपुरमा मृत्यू भएको हो ।
नेपाल विद्यार्थी संघका संस्थापक, नेपाली काँग्रेस रामेछपाका पूर्ब पार्टि सभापति एबं प्रजातान्त्रिक आन्दोलका अगुवा खड्काको निधन प्रति नेपाली काँग्रेस केन्द्रीय समिति ले स शोक बिज्ञप्ती जारी गरी दुख ब्यक्त गरेको छ ।
मुख्य सचिब कृष्ण प्रसाद पौडेल द्धारा हस्ताक्षरीत बिज्ञप्तीमा सभापति देउवाले उहाको निधनप्रति गहिरो दुःख ब्यक्त गर्नुभएको कुरा उल्लेख गरिएको छ । त्यसैगरी उहको निधनप्रति जिल्ला समन्वय समिति रामेछापले पनि शोक बज्ञप्ती जारी गरी दुःख ब्यक्त गरेको छ । समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्काद्धारा हस्ताक्षरित बिज्ञप्तीमा उहाको निधन प्रति जिल्ला समन्वय समिति रामेछापले दुःख ब्यक्त गरेको जनाइएको छ ।
सच्चा इमान्दार र सादगी नेताका रुपमा चिनिने स्वर्गिय खड्काको पार्थिव शरिरमा श्रद्धाञ्जली ब्यक्त गर्न नेपाली काँग्रेसका पार्टि सभापति शेर बहादुर देउवा,महामन्त्री सशांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता अर्जुन नरसिंह केशी लगाएतका केन्द्रीय पदाधिकारी एबं सदस्यहरु तथा रामेछाप जिल्लाका पर्टि सभापति र अन्य नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
उहाको पार्थिब शरीरलाई पशुपति आर्यघाटमा केहि घण्टा श्रद्धाञ्जलीका लागि राखेर आइतवारनै अन्त्येस्टी गरिएको छ ।
यो बारेमा तपाईको प्रतिकृया