Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

महिला अधिकार र न्याय सम्पादनमा उमाकुण्डको अभियान

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१३ जेष्ठ २०७६, सोमबार
in समाचार, स्थानीय सरकार
0
42
SHARES
Share on FacebookShare on Twitter

१३ जेठ, २०७६
उमाकुण्ड- आफ्नो पालिकाका महिलाहरुको हक अधिकारको बारेमा जानकारी गराउँदै उनीहरुको क्षमता अभिबृद्धि गर्ने र न्यायिक समिति एबं मेलमिलापकर्ता मार्फत छिटो छरितो न्याय सम्पादन गराउनको लागि उमाकुण्ड गाउँपालिकाले अभियान नै चलाएको छ । आइतबार देखि उमाकुण्ड गाउँपालिकाले पालिकाको प्रत्येक वडामा महिला तथा बलवालिकाहरुको क्षमता अभिबृद्धि र नागरिकहरुको न्याय सम्पादन सम्बन्धि तालिम सुरु गरेर अभियानकाे सूरुवात गरेको हो ।

वडा नं ६ गुप्तेश्वरबाट सुरु भएको तालिम १७ गते वडा नं १ गुम्देलमा पुगरेर सम्पन्न हुने गाउँपालिकाका कानूनी सहजकर्ता रण बहादुर कार्कीले बताउनुभयो । वडा नं ६ का अध्यक्ष कृष्ण कुमार सुनुवारको अध्यक्षता तथा उमकुण्ड गाउँपालिकाकी उपाध्यक्ष उर्मिला कार्कीको प्रमुख आतिथ्यतामा आइतबार गुप्तेश्वरमा तालिम सम्पन्न भएको छ । महिला तथा बलवालिकाहरूको क्षमता अभिबृद्धि तलिमको सहजिकरण अधिबक्ता पाण्डब प्रसाई र गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत इश्वरी प्रसाद सुबेदी एबं नागरिकहरुको न्याय सम्पादन सम्बन्धि तालिम अधिबक्ता यादब प्रसाद दाहालले सहजीकरण गरिरहनु भएको छ ।

महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान

लामो सयम देखि वडामा रहेर स्वास्थ्य स्वयंसेविकाको रुपमा कार्य गरी स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै बिभिन्न टोलमा रहेका ९ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई झोला र छाता सहित प्रसंसा पत्रले सम्मान गरिएको छ । उनीहरूलाई गाउँपलिकाकी उपाध्यक्ष उर्मिला कार्कीले सम्मान गर्नु भएको हो ।

एकल महिलालाई पनि सम्मान

कार्यक्रमकाे अबसरमा ५० बर्ष भन्दा मुनिका ७ जना एकल महिलाहरुलाई पछ्यौरा र छाता दिएर सम्मान गरिएको छ । आफ्नो पति नहुँदा पनि घरमा बालबच्चा र सासु-ससुरा पालेर सामाजिक रुपमा गाउँमा उदाहरणिय बन्न सफल भएको भन्दै उनीहरुलाई पालिकाले सम्मान गरेको हो ।

बिपन्न बलबालिकालाई सहयोग

वडा नं ६ मा रहेका १५ जना बिपन्न बलवालिकालाई शैक्षिक सामाग्री खरिदका लागि प्रति ब्यक्ती ३ हजार ५ सयका दरले नगद बितरण गरिएको छ । गाउँका बिपन्न बलबलिकाहरूलाई पठन-पाठनमा सहयोग पुर्याउने उद्धेश्यले उक्त रकम बितरग गरिएको हो । वडा कार्यालयको सिफारिसमा ती बालबालिकाहरूलाई उक्त रकम बितरण गरिएको आयोजकले बताएको छ ।

कार्यक्रमकै अबसर पारेर वडा नं ६ मा रहेको मेलमिलाप केन्द्रलाई टेबुल कुर्सी लगायताका समानहरू पनि उपलब्ध गराइएको छ । वडामा रहेका सबै मेलमिलापकर्ताहरुले प्रभाबकारी काम प्रवाहमा सहयोग पुग्ने अपेक्षा सहित उनीरुलाई झोला र छाता दिइने बताइएको छ । वडा स्तरीय कार्यक्रमको समापनका अबसरमा बोल्दै उपाध्यक्ष उर्मिला कार्कीले महिला र बालबलिकाको र न्यायिक समितिका पदाधिकारीहरुको क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले आयोजना गरियको यस्तो तालिम आगामि बर्ष पनि गरिने बताउनुभयो । उहाँले यस प्रकारको कार्यक्रम सबै वडामा गरिने पनि बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत इश्वरी प्रसाद सुवेदीले गाउँमा हुने गरेका हरेक किसिमका बिकास निर्माणका योजनाहरूमा सबैको चासो र खबरदारी हुन सके मात्र दिगो बिकास हुने बताउनुभयो । वडा अध्यक्ष कृष्ण कुमार सुनुवारले तालिम पछि आफ्नो वडाका महिलाहरू हक-अधिकारको क्षेत्रमा चनाखो भई अगाडि बढ्ने बिश्वास व्यक्त गर्नुभयो । कार्यक्रमकी सहभागि डम्बर कुमारी सुनुवारले तालिमबाट महिला हक-अधिकारको बारेमा धेरै जानकारी प्राप्त भएको र आगमी दिनहरूमा सबै महिलाहरुलाई यस्तो तालिम दिन अनुरोध गर्नुभयो ।

न्यायिक समितिका सदस्य टेक बहादुर बरालीका अनुसार १३ गते वडा नं ७ को भुजी, १४ गते वडा नं ४ र ५ प्रीति, १५ गते कुभुकास्थली १६ गते बाम्तीभण्डार र १७ गते गुम्देलमा एकै प्रकारको कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ ।

Share17Tweet11Share3

Related Posts

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न
कारोबार

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न

१३ जेष्ठ २०७६, सोमबार
१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न
प्रदेश नं ३

१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न

१३ जेष्ठ २०७६, सोमबार
खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै
आधारभूत

खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै

१३ जेष्ठ २०७६, सोमबार
शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

१३ जेष्ठ २०७६, सोमबार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

१३ जेष्ठ २०७६, सोमबार
अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास
आधारभूत

अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास

१३ जेष्ठ २०७६, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.