Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

प्रदेश सरकार सञ्चारको क्षेत्रमा पत्रकार महासंघसँग सहकार्य गरेर मात्र अगाडि बढ्छ–मन्त्री पाण्डे

नेपाल अभियान नेपाल अभियान
३१ जेष्ठ २०७८, सोमबार
in समाचार
0
28
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, ३१ जेठ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पण्डेले प्रदेश सरकार सञ्चार क्षेत्रका लागि पत्रकार महासंघ बगमती प्रदेश सँग सहकार्य गरेर मात्र अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको कार्यालयले हेटौंडामा सोमबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका अवसरमा उहाले सो कुरा बताउनुभएको हो । उहालेले आगामी आर्थिक बर्षको बजेटमा प्रदेश महासंघ र सञ्चार क्षेत्रको संरक्षण र प्रबर्दनका लागि बजेट बिनियोजन गर्ने बताउनुभयो । उहाले संचार माध्यमहरुले गरेको आलोचनाले सरकारका काममा सुधार आउने र यस्ता आलोचनालाई आफ्नो मन्त्रालयले सकरात्मक रुपमा लिने बताउनुभयो । उहाले पक्ष वा प्रतिपक्षमा समाचार लेखेको आधारमा कुनै पनि विभेद नहुने पनि बताउनुभयो । उहाले संचारकर्मीहरूलाई लोक कल्याणकारी विज्ञापन,फेलोसिप,अध्ययन भ्रमण लगायतका क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता समेत रहेको पनि बतउनुभयो । उहले सञ्चार माध्यमलाई उद्योगको मान्यता दिई अन्य उद्योगले पाउने सुविधा सो सरहको सेवा सुबिधा उपभोग गर्ने व्यवस्था मिलाउने बताउनुभयो ।

मन्त्री पाण्डेले एक सय वाटका रेडियोलाई पनि प्रदेशमै समेट्ने र सुविधा उपलब्ध गराउन दायरा फराकिलो बनाउन चाहेको पनि बताउनुभयो । उहाले आफ्नो मन्त्रालयवाट सञ्चार क्षेत्रको लागि विनियोजन गरिने बजेट सबै खाले संचारमाध्यमलाई समेट्ने गरी कार्यान्वयन गर्ने बताउँदै अनलाइन पत्रकारितालाई पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । प्रदेश सरकारले संचारग्रामको अवधारणालाई अघि बढाउने र सञ्चारसँग सम्बन्धित सबै निकाय एकै स्थानमा रहने व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सरकारले ल्याएको प्रेसमा बाह्य काम नगर्ने गरी काम गर्ने बताउँदै उहाले यसले सरकारी कागजातको गोपनीयता कायम हुने बताउनुभयो ।
प्रदेश सरकारले मिडिया सेन्टर सञ्चालन गर्दा रेडियो नेपाल र गोरखापत्र भन्दा फरक ढंगले सञ्चालन गर्ने बताउनुभयो ।
नेपाल पत्राकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव देवकोटाले प्रदेश सरकारसँग सहकार्य गर्न तयार गरेको भन्दै लोक कल्याणकारी बिज्ञापन, संचारग्राम स्थापना, संचारमाध्यमको प्रबर्दन जस्ता काम प्रदेश सरकारबाट हुनुपर्ने बताउनुभयो । कार्यक्रममा महासंघका नि वर्तमान अध्यक्ष प्रताप बिष्टले प्रदेश सरकारले महासंघलाई कार्यालय सञ्चालनका लागि भवन उपलब्ध गराएकोमा आभार व्यक्त गर्दै निरन्तर सहकार्यका लागि आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा महासंघका प्रदेश पदाधिकारीहरु,कार्यसमितिका सदस्यहरु,मकवानपुरका अध्यक्ष लगएतका पदाधिकारी एबं अन्य पत्रकारहरु समेतको उपस्थिति रहेको थियो

Share11Tweet7Share2

Related Posts

युवासंघ रामेछापमा  सुरेन्द्रको नेतृत्वमा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन
राजनीति

युवासंघ रामेछापमा सुरेन्द्रको नेतृत्वमा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन

३१ जेष्ठ २०७८, सोमबार
गिरीजा प्रसाद कोइराला फाउण्डेशनले गिरीजालाई सम्झियो
समाचार

गिरीजा प्रसाद कोइराला फाउण्डेशनले गिरीजालाई सम्झियो

३१ जेष्ठ २०७८, सोमबार
मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या
देश

मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या

३१ जेष्ठ २०७८, सोमबार
खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन
प्रदेश नं ३

खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन

३१ जेष्ठ २०७८, सोमबार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 

३१ जेष्ठ २०७८, सोमबार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत

३१ जेष्ठ २०७८, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.