रामेछाप १९असार ।
नेपाल बिद्यार्थी संघ जिल्ला कार्य समिति रामेछापले शनिबार साँझ मन्थलीमा प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्या देवी भण्डारीले गरेको असंवैधानिक कदमका बिरुद्ध असहमति जनाउदै उनीहरुको पुत्ला दहन गरेको छ । ने वि संघले पछिल्लो समयमा केपि ओलीको संसद विघटन लगायतका विभिन्न असंवैधानीक, निरंकुसताबादी चरित्रले सिङ्गो राष्ट्रपति जस्तो सम्मानित संस्थालाई नै बदनाम गरेकोले उक्त कार्यको विरुद्ध शनिबार साँझ मसाल जुलुस सहित पुत्ला दहन गरेको हो ।
ओली सरकारको गलत र असंबैधानिक कदम विरुद्ध आन्दोलनमा होमिएका संयुक्त बिद्यार्थी संगठनहरुको घोषित कार्यक्रम अनुसार नेविसंघले साँझ मन्थलीको देवकोटा चोकबाट पुत्ला सहित शंख फुकेर राँके जुलुस निकालेको नेविसंघका नेता विमल पौडेलले जानकारी दिनुभयो । विभिन्न नारा सहित निस्किएको जुलुस मन्थली बजार परिक्रमा गरि स्थानीय जिल्ला समन्वय समिति अगाडी पुगेर कोण सभामा परिणत भएको थियो ।
कोण सभालाई संबोधन गर्दै नेपाल बिद्यार्थी संघ प्रदेश ख का क्षेत्रिय सभापति उत्तम कार्कीले प्रधानमन्त्री सहित राष्ट्रपतिको गलत कदमले लोकतन्त्रको बदनाम भएको र नेपाली नागरिकहरुको बलिदानीबाट प्राप्त उपलब्धि गुम्ने खतरा बढेका कारण फेरी पनि युवा विधार्थीहरू सडकमा ओर्लिनु परेको भन्दै उनीहरुको गलत कदमले संविधान नै संकटमा पर्न लागेको आरोप लगाउनु भयो । उहाँले संगठनले गर्ने हरेक विरोधका कार्यक्रमहरूमा साथ दिनका लागि आम मन्थलीवासीलाई आग्रह पनि गर्नुभयो ।
पुत्ला सहितको राँके जुलुसको नेतृत्व नेपाली काँगेसका जिल्ला सचिब लेख बहादुर कार्की, जिल्ला कोषाध्यक्ष कुमार श्रेष्ठ र काँगेसका जिल्ला नेता दिपक खड्काले गर्नु भएको थियो ।
यो बारेमा तपाईको प्रतिकृया