रामेछाप,२८ असार । सर्वाेच्च अदालतले सोमवार संसद पुनस्थापना सम्बन्धी गरेको फैसलाको स्वागत गर्दै नेकपा माओवादी रामेछापले सो को खुसियालीमा मन्थली स्थित देवकोटा चोकमा दीप प्रज्ज्वलन गरेको छ ।
अदालतले दोस्रो पटक संघिय संसद पुनस्थापना गरेको भन्दै नेकपा माओवादीले दिप प्रज्वलन गरेको हो ।
सोमवार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित संवैधानिक इजलासले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन र प्रतिनिधि सभा पुनःस्थापना गर्न आदेश दिएको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले १ सय ४६ जना सासदहरु (निवेदकको) मागअनुसार नै देउवालाई प्रधानमन्त्री बनाउने परमादेश जारी भएको र प्रतिनिधि सभा पनि पुनःस्थापना गर्न आदेश दिनुभएको थियो । माओवादीको अगुवाइमा गरिएको दीप प्रज्ज्वलन कार्यक्रममा काग्रेसका जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरुको पनि सहभागिता रहेको थियो ।
यो बारेमा तपाईको प्रतिकृया