रामेछाप, ८ साउन । मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले सामुदायिक विद्यालयहरुमा गुणस्तरीय शिक्षा दिन नसक्दा अभिभाबकहरुको आकर्षण नीजि विद्यालयतिर बढेको बताउनुभएको छ । उहाले जति दुःख गरेर भएपनि अभिभाबकहरुले आफ्ना वालवालिकाहरु राम्रो शिक्षा भएको संस्थागत विद्यालय (बोर्डिङ) मा पढाउने गरेको र वालवालिकालाई दक्ष वनाउने शिक्षा प्रदान गर्न नसकुन्जेल हाम्रा नानिवावुहरु सामुदायिक विद्यालयहरुमा नपढने पनि बताउनुभयो ।
सो कुरा उहाले युएनओपियसले नर्वेली सरकारको सहयोगमा मन्थली नगरपालिकाको वडा नं –३ स्थित कालिका आधारभूत विद्यालय ठूलीमदौमा नव निर्मित ४ कोठे भवनको उद्घाटन गर्दै बताउनु भएको हो ।
उहाँले सामुदायिक विद्यालयमा पढाउने घर पाएक भएका शिक्षकहरु आफ्नो घरायसी ब्यवहार भ्याउने, हतार हतार गरेर तातो भात खाने, अनि बिद्यालय आउने, विद्यालयमा आएर विद्यार्थीहरुलाई पढ पढ भन्ने अनि ४ नबज्दै गाइ बस्तु भोकाए होलान भनेर विद्यार्थीलाई छुट्टि दिने र आफु पनि घर गइहाल्ने प्रबृतिका कारण सामुदायिक विद्यालयको पठन पाठन गुणस्तरीय हुन नसकेको बताउनुभयो ।
उहाले सामुदायिक विद्यालयको पठन पाठन गुणस्तरीय बनाउन नगर क्षेत्र भित्र भएका ८० वटा विद्यालयहरुलाई मर्च गरेर ६६ वटामा झारेको दरवन्दि अनुसार शिक्षक को पद पूर्तिका लागि प्रयास भइरहेको बताउनु भयो । नगर क्षेत्र भित्र भएका ६६ वटा सामुदायिक विद्यालय र ६ वटा गरी ७२ वटा विद्यालमा पठन पाठन गर्ने कुल ११ हजार ५ सय वाललालिकाहरु सबैको पठन पाठन गुणस्तरीय बनाउन मन्थली नगरपालिका लागिपरेको पनि उहाले बताउनुभयो ।
वडा नं ३ का वडा अध्यक्ष केशव रोक्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा डिएलपिआइ यू शिक्षा रामेछापका प्रमुख निर्मल घिमिरे, वडा अध्यक्ष रोक्का लगाएतले मन्तब्य राख्दै नव निर्मित भवनले गुणस्तरीय पठनपाठन लगायत अन्य सुविधाका लागि सहायोग पुग्ने बताउनुभयो ।
कुल २ करोड ९८ लाख ६ सय (मूल्य अभिबृद्धि कर सहित) रुपैया को लागतमा अपाङ्गमैत्रि शौचालय, विद्यालय परिसरमा घेरावार, आबश्यक फर्निचर र सौर्य उर्जा सहित ४ कोठे २ तले भवन खानी निर्माण सेवाले निर्माण कार्य सम्पन्न गरेको हो ।
यो बारेमा तपाईको प्रतिकृया