रामेछाप २४ साउन । स्वर्गिय द्रोण राज कोइराला को छैठौं बार्षिक पुण्य तिथिको अबसर पारेर कल्याण आधारभूत विद्यालय गोलन्जोर–६ हैवारबेसीमा द्रोण राज कोइराला स्मृति अक्षय कोष–२०७८ स्थापना गरिएको छ ।
सो अवसरमा आयोजित एक कार्यक्रमका अवसरमा अब हरेक वर्ष कक्षा ५ मा पढने जेहेन्दार दुइजना विद्यार्थीलाई एक लाखको अक्षय कोषबाट शैक्षिक सामाग्री बितरण गर्ने बताइएको थियो ।
विद्यालय ब्यवस्थापन समितिका जेष्ठ सदस्य पूर्ण माया माझीको अध्यक्षता एबं गोलन्जोर गाउपालिकाका शिक्षा शाखा प्रमुख ठाकुर प्रसाद दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमका बक्ताहरुले यो पुरस्कारले वालवालिकाहरुमा पढ्ने वानीको विकास का लागि सहयोग गर्ने वताएका थिए ।
कार्यक्रमका अवसरमा बोल्दै सो बिद्यालय का प्रधानाध्यापक यज्ञ बिक्रम कोइरालाले स्वर्गिय द्रोण कोइरालाको जीवनउपयोगि शिक्षा र मार्गदर्शन अनुकरणीय रहेको थियो भन्दै ग्रामिण भेगको यो विद्यालयमा अक्षयकोष स्थापाना हुनु शैक्षिक क्षेत्रकै कोशेढुंगा सावित भएको बताउनुभयो ।
सो अबसरमा बोल्दै विद्यालय ब्यवस्थापन समितिका निवर्तमान अध्यक्ष मोतिराज सापकोटाले स्वर्गिय कोइरालाको स्मृतिमा अक्षयकोष स्थापना स्थापना भएको प्रति मुक्त कण्ठले प्रसंसा गर्दै यस्ता सामाजिक कामले समाजमा सकरात्मक सन्देश प्रवाह हुने वताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि ठाकुर प्रसाद दाहालले यस्ता रचनात्क कृयाकलापले शैक्षिक क्षेत्रमा महत्वपूर्ण भुमिका खेल्ने वताउनुभयो । उहाले यस्ता अक्षय कोषहरु पालिकाका अन्य विद्यालयमा पनि स्थापना हुन सके विद्यार्थीहरुको पढन संस्कृति बृद्धि हुने वताउनुभयो ।
कार्यक्रमका अवसरमा स्वर्गिय कोइरालाका छोरा उदय प्रसाद कोइरालाले आफ्नो बुवाले ३२ बर्ष ८ महिना २६ दिन सेवा गर्नुभएकोले यहि विद्यालय छनौट गरेको र बुवा को नाम अमर राख्नका लागि १ लाख वरावरको अक्षयकोष स्थापना गरेको बताउनुभयो । उहाले उक्त रकम कुनै बैक वा बित्तिय संस्थामा राखेर त्यसको ब्याज वाट कक्षा ४ बाट ५ कक्षामा पुगेको प्रथम र द्वितिय हुने विद्यार्थीहरुलाई बार्षिक पुण्य तिथि पारेर हरेक वर्ष बितरण गर्ने बताउनुभयो ।
कार्यक्रमका अबसरमा स्वर्गिय कोइरालाको परिवारले बिद्यालयका प्रअलाई १ लाख रकमको चेक हस्तान्तरण गरेको थियो ।
यो बारेमा तपाईको प्रतिकृया