वर्षादले रामेछापमा वर्षादको सर्बत्र प्रभाव ,अधिकाँश सडक,घर र गुम्मामा क्षति
रामेछाप । विगत ४ दिन देखिको अविरल वर्षादका कारण जिल्ला सदरमुकाम मन्थलि लगाएत जिल्लाका दर्जनौ ठाउँ र सडकहरुमा क्षति पुगेको छ । वर्षाद संगै ठाउँ ठाउँम गएको पहिरोले सरकारी तथा निजि सम्पत्तिहरुमा पनि क्षति पुगेको छ । वर्षाले मन्थली नगरपालिका १ स्थित वसपार्क माथिको गुम्बाको एक तले पक्का घर भासिएको छ भने मन्थली खुर्काेट मन्थली रामेछाप सडक पनि शनिबार र आईतबार दिनभर जसो चल्दै खुल्दै रहे भने तिल्पुडमा गएको पहिरोले मन्थली खिम्ति सडक समेत अबरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।निरन्तरको वर्षादले तामाकोशि अस्पताल भित्र रहेको तिलगंगा आँखा केन्द्रको समन्वयमा संचालित् सामुदायिक आँखा केन्द्रको भवनमा समेत क्षेती पुगेको छ । आइतबार बिहान भवनमाथि रहेको भिरालो पाखौ बगेर आउदाँ आँखा केन्द्रको भवन र सौचालयमा समेत क्षति पुगेको र भवन भित्रको सामान भने सुरक्षित स्थानमा सारीएकोले अनिश्चित कालका लागि सेवा अबरुद्ध भएको तामाकोशि अस्पतालकानिर्देशक डा.सुुमन कर्मचार्याले बताए ।
त्यसैगरि खुर्कोटको पुल वारी र मन्थली हात्तिटार खण्डमा गएको पहिरोले दिनभर राजधानी काठमाडौ जाने यात्रीहरु अलपत्र परे भने आईतबार अवेर सडक विभाग र नगरपालीकाको समेत सकृयतामा सडक खुलेको थियो । त्यसैगरि रामेछाप साँघुटार सडक लगायत जिल्लाका १ दर्जन भन्दा बढि सडकमा पनि वर्षादले क्षति पुगेको छ ।
त्यसैगरि मन्थली रामेछाप सडक खण्डको एक दर्जन जति ठाउँमा पहिरो गएको र उक्त सडक पुर्ण जोखिममा रहेको छ । पहिरोका कारण मन्थलीको भैसेश्वर चोक र आसपासको वस्तिमा समेत जोखिम बढेको छ । बर्षादले भैसेश्वर चोक हुँदै विपी नगर सम्मको बाटो पनि पहिरिए र काम नलाग्ने भएको छ भने सडक मुनि र माथि बाट पहिरिएकोले उक्त सडक आसपासका निजि भवनहरु पनि पुर्ण जोखिममा रहेका छन् ।पहिरोले मन्थली साँघुटार, लगाएत जिल्लाका दर्जन भन्दा बढि सडकमा क्षति पुगेको र स्थानिय सरकारहरुले सडकको अवरोध पन्साउने काम गरि रहेका छन ।
निरन्तरको वर्षाले तिल्पुङ्गमा पहिरो खस्दा सडक पूर्ण रुपमा अबरुद्ध भएको थियो । पहिरो खसेसंगै सडकमा भएको अबरोधले दुवै तर्फका यातायातका साधन रोकिएक भएपनि साँझ बाट भने सडक संचालनमा आएको छ
यो बारेमा तपाईको प्रतिकृया