रामेछाप । नेपाली काँग्रेस रामेछापले जिल्लाका सवै वडाको अधिवेसन आगामि भदौ २३ गते बुधवारका दिन गर्ने निर्णय गरेको छ । सोमबार काठमाडौमा जिल्ला सभापति लबश्री न्यौपाने,लगाएतका जिल्ला पदाधिकारी हरुको उपस्थिति तथा केन्द्रिय प्रतिनिधिको रोहबरमा भएको छलफलमा वडाअधिबेसन भदौ २३ गते एकै दिन गर्ने सहमति भएको हो ।
नेपाली काँग्रेसका रामेछापका सभापति लबश्री न्यौपानेका अनुसार – सबै वडाका नेता तथा कार्यकर्ताहरुलाई आन्तरिक छलफल र सबै हिसावले अधिवेसन गर्न सहज वाताबरणका साथ मर्यादित अधिबेसन सम्पनहोस भन्नका लागि एकै दिन सबै वडाको अधिवेसन गर्ने सहमति भएको हो । त्यसैगरि बैठकले वडा तथा जिल्ला अधिवेसनको तयारीलाई लिएर भदौ १६ गते महाधिवेसन र महासमितिका सदस्य सहितको उपस्थितिमा जिल्ला कार्य समितिको बैठक समेत बस्ने जानकारी पनि सभापति न्योपानेले दिनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया