रामेछाप । एमाले छाडेर नयाँ पार्टि नेकपा एकीकृत समाजवादीमा समाहित भएको जिल्ला नेताहरुले जिल्ला पार्टी गठनको तयारिलाई तिब्र बनाएका छन । नेकपा एमालेले नेकपा एसको अस्थित् जिल्लामा नभएको भनि रहेको बेला सो पार्टिका नेता तथा कार्यकर्ताहरु रामेछापमा संगठन विस्तारको गृहकार्यलाई तिब्र वनाएका हुन् । नेकपा एमालेसँग विभाजित भएर बनेको नेकपा (समाजवादी) ले आगामी असोज ९ गते रामेछापमा भेला मार्फत जिल्ला कमिटीको घोषणा गर्ने निर्णय गरेको छ । काठमाडौंमा बसेको नेकपा (समाजवादी) रामेछापका नेताहरुको भेलाले सो निर्णय गरेको हो । भेलामा जिल्ला कमिटी घोषणा, जिल्ला अध्यक्ष, पदाधिकारी चयन र स्थानीय तहमा संगठन विस्तारको विषयमा छलफल भएको थियो ।
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत रहेका देवशकंर पौडेलले आगामी असोज ९ गते जिल्ला भेला मार्फत रामेछापमा पार्टीको जिल्लाका पदाधिकारी र जिल्ला कमिटीको घोषणा गर्ने निर्णय भएको जानकारी दिए । उनले जिल्लाको ६४ वटै वडामा संगठन विस्तार गरिने बताए । भेलामा केन्द्रीय सदस्य पौडेल, नेताहरु होम बुढोथाकी, अम्बर लामा लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
रामेछापको मन्थली नगरपालिकाका प्रमुख रमेश बस्नेत सहित ५ जना जना प्रतिनिधले जनाले नेकपा एमाले छाडेर नेकपा समाजवादी एकीकृत पार्टी रोजे पछि हौसिएको एमालेले पनि आफनो अभियानलाई यसै महिन बाट संचालन गर्ने भएको छ । नेकपा एसले जिल्लाको आफनो संगठनलाई दर्विलो र गर्विलो वनाउन अभियान चलाएको र ६४ वटै वडामा आफनो संगठनलाई चलायामान बनाउने लक्ष्यका सा
त्यसैगरि नेकपा एमाले (समाजवादी) रोज्नेहरुमा मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेत र वडा नं १२ गेलुका वडा सदस्य द्वय लिलावहादुर बुढाथोकी र उमेश कार्की रहेका छन् । त्यस्तै गरी गोकुलगंगा गाउँपालिकाका वडा नं ५ का वडा अध्यक्ष बलराम खड्का र लिखुतामाकोशी गाउँपालिका वडा नं ७ तिल्पुङका वडा सदस्य भिमलक्ष्मी सार्की रहेका छन् । उनीहरुले जिल्ला निर्वाचन कार्यालय मन्थलीमा गएर सनाखत गरी नेकपा समाजवादी पार्टी रोजेका जानकारि जिल्ला निर्बाचन कार्यालयले जनाएको छ ।
यो बारेमा तपाईको प्रतिकृया