मन्थली ११ असाेज । नेपाली काङ्ग्रेस मन्थली नगरपालिकाकाे आईतवार सम्पन्न हुनुपर्ने नगर अधिबेशनकाे निर्वाचन प्रकृया साे मबार अनिश्चित कालका लागि स्थगित भएकाे छ । सभापति बाहेक अन्य मुख्य पदहरूमा एक भन्दा बढिकाेउमेद्वारी परेपछि अापसी समझदारी गरेेर सर्बसम्मत तरिकाले मिलाउन नगरस्तरिय नेताहरूले समय मागेका कारण निर्वाचन प्रकृया स्थगित गरिएकाे जनाईएकाे छ । मनाेनयन गर्ने क्रममा २/२ जना चाहिने उपसभापतिका लागि ५ जना, सचिबका लागि ६ जना र सह सचिबकाालागि ४ जनाकाे उमेद्वारी परेकाे थियाे । भने सभापतिमा शंकर अधिकारी १ जनाकाे मात्र परेका कारण उहाँ निर्बिराेध निर्बाचित भैसक्नु भएकाे छ । उपसभापति, सचिब र सहसचिबका उमेद्वारहरूकाे पटक पटक काे छलफल निष्कर्ष बिहिन बनेपछि अाईतबार नै ८ सदस्यिय कार्यदल गठन गरेर उक्त कार्य दलले गरेकाे निर्णय मान्ने शर्त मा जिम्मेवारी दिईएकाे छ । कार्यदलमा, नव निर्वाचिि सभापति शंकर अधिकारी, निबर्तमान सभापति केशब राेक्का, काङ्ग्रेस नेताहरू गंगा अधिकारी,युबराज भट्टराई ,गुन्ज बहादुर श्रेष्ठ, बिनाेद कार्कि,कुमार श्रेष्ठ रहनु भएकाे छ । निर्बाचन अधिकृत टंक प्रसाद दाहालका अनुसार कार्यदलले निर्णय दिनासाथ प्रकृया अगाडि बढाईने छ । कार्यदलमा रहेका सबै नेताहरू १४ अाै जिल्ला अधिबेखन बिभिन्नन पदमा उमेद्वारी घाेषणा गर्नुभएका कारण अा अाफ्नाे भाेट घटने अाशंकामा बैठक बस्न नमान्नु भएकाे र उक्त बैठक जिल्ला अधिबेशन पछि बस्न सक्ने आशंका रहेकाे उपसभापतिका उमेद्वार याेगेन्द्र श्रेष्ठले बताउनुभयाे ।
यो बारेमा तपाईको प्रतिकृया