Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापका कैलाश ढुंगेल सहित ७ जना केन्द्रीय सदस्यमा भिड्दै

नेपाल अभियान नेपाल अभियान
९ मंसिर २०७८, बिहीबार
in राजनीति, समाचार
0
112
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, ९ मंसिर । मंसिर १० देखि १२ गते सम्म चितवनमा हुन लागेको नेकपा एमालेको दशौं राष्ट्रिय महाधिबेशनमा रामेछापबाट नेकपा एमालेका केन्द्रीय सदस्य एबं वागमति प्रदेशका निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेल सहित छ जना केन्द्रीय सदस्यमा प्रतिष्पर्धा गर्ने भएका छन् । प्रत्यासी सबैले आ–आफ्नो जित सुनिस्चित भएको बताएका छन् ।

केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्नेहरुमा वर्तमान केन्द्रय सदस्य समेत रहेका क्रमशः कैलाश ढुंगेल,कमल चौलागाई र माधब ढुंगेल रहेका छन् । त्यसैगरी नेकपा एमालेका जिल्ला उपाध्यक्ष एबं खाँडादेवी गाउँ पालिकाका अध्यक्ष प्रेम तामाङ,युवा नेता रत्न गौतम ,मन्थली नगरपालिकाकी उप– प्रमुख मायाँ कार्की,र महिला नेतृ गिता कार्की रहेका छन् । उनीहरु मध्ये कैलाश ढुंगेल र रत्न गौतम बागमती प्रदेशको भुगोलबाट खुल्ला तर्फ, कमल चौलागाई र माधब ढुंगेलले (देशभर) खुल्ला बाट केन्द्रीय सदस्यमा उमेद्वारी दिने बताईएको छ । दुई जना महिला नेतृले भने महिलाको आरक्षण कोटाबाट उमेद्वारी दिने भएका छन् ।
केन्द्रीय सदस्यका प्रत्यासी कैलास ढुंगेलले नेकपा एमाले रामेछापमा रहेर विभिन्न तहको जिम्मेवारी पुरा गरी पटक–पटक जिल्लाको नेतृत्वमा रहेर आफुलाई अब्बल सावित गराई सकेका छन् । २०४६ सालको परिवर्तन पछि साविक पकरवास गाविसको अध्यक्ष, जिविस रामेछापको सभापति भएर काम गरेको अनुभव पनि उनीसंग छ । हाल नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेक ढुंगेल बागमती प्रदेशको पहिलो अर्थ मन्त्रीको रुपमा रहेर पनि काम गरिसकेका छन् । मन्त्री हुँदा उनले प्रदेश जिल्ला र पालिकाको विकासमा उल्ल्ोखनिय काम गरेका छन् । उनी केपी ओलिको बिश्वास पात्रका रुपमा पनि चिनिन्छन् ।


त्यसैगरी केन्द्रीय सदस्यका अर्का प्रत्यासी कमल चौलागाई पनि वर्तमान केन्द्रीय सदस्य हुन् । कम्युनिष्ट पार्टिका पुराना र क्रान्तिकारी छविका रुपमा जिल्लामा आफनो छवि बनाएका चौलागाई जनमोर्चा,चौथो महाधिबेसन् पछि नेकपा माले त्यसपछि नेकपा एमाओवादि हुँदै हाल नेकपा एमालेको केन्द्रीय सदस्यको रुपमा कृयाशिल छन् । उनी जिल्लामा बैचारीक र बौद्धिक नेताको रुपमा पनि परिचित छन् ।


अर्का प्रत्यासि माधब ढुंगेल अनेरास्ववियु रामेछापको विभिन्न जिम्मेवारी सम्हाल्द्र संगठनको केन्द्रीय अध्यक्ष समेत भई सकेका ब्यक्ति हुन । उनले केपी ओली प्रधानमन्त्री हुँदा २ कार्यकाल राष्ट्रिय युवा परिषदको अध्यक्ष रहेर काम गरी सकेकोले आफ्ना मुलकभर राम्रो साँगठनिक संजाल रहेको बताएका छन् ।


हाल रामेछाप एमालेका उपाध्यक्ष र खाँडादेवी गाउँपालिकाका अध्यक्ष समेत रहेका नेता प्रेम तामाङ्ग पनि लामो समय देखि कम्युनिष्ट पार्टि र नेकपा एमाले जिल्लाको विभिन्न तहमा रहेर काम गरि सकेका ब्यक्ति हुन् । यस अघि खाँडादेवी गाविसको अध्यक्षको अनुभव समेत सम्मालेका उनीले हाल खाँडादेवी गाउँ पालिकाको अध्यक्षको रुपमा रहदा अब्वल काम गर्ने अध्यक्षका रुपमा आफुलाइ स्थापीत गराई सकेका छन् । आफुले जनजाति कोटाबाट उमेद्वारी दिन लागेको पनि नेता तामाङले प्रष्टयाएका छन् ।

त्यसैगरी नेकपा एमाले रामेछाप जिल्लाको विभिन्न तहमा रहेर काम गरिसकेका युवा नेता रत्न गौतमले पनि केन्द्रीय सदस्यमा उमेद्वारी दिन लगेका हुन् । देशभर आफ्नो नेटवर्क भएको हुँदा आफ्नो जित सुनिश्चित भएको दावी गरेका छन् ।


महिला कोटाबाट केन्द्रिय सदस्यको उमेद्धवारी दिन लागेकी गिता कार्कि र मायाँ कार्कि पनि पार्टि पंक्तिमा सुपरिचित नाम हो । उनीहरु मध्ये मायाँ कार्की हाल मन्थली नगरपालिकाकी उप प्रमुख हुन् । उनी लामो समय देखि एमालेको राजनितिबाटै आप्mनो राजनितिक पहिचान बनाएर पार्टिको विभिन्न मोर्चामा रहेर काम गर्दे आएकि छिन् ।

केन्द्रिय सदस्यमा आफनो उमेद्वारी घोषणा गरेकी अर्की प्रत्यासि गीता कार्की पनि एमाले भित्र परिचित नाम हो । अनेरास्ववियु बाट आफ्नो राजनितिक यात्रा सुरु गरेकी कार्कीले महिला संगठन हुँदै पार्टिको विभिन्न तहमा बसेर काम गरी सकेकी छिन् । नेकपा विभाजन हँुदा उनीले नेकपा एमालेकी केन्द्रिय सदस्य हुने मौका पनि पाएकी थिईन् । उनले जिल्ला संगै पार्टिको वाहिरी संजालमा पनि आफनो छुट्टै पहिचान बनाएकोले आफुलाई निर्वाचनमा जान सहज हुने बताएकी छिन ।

Share45Tweet28Share8

Related Posts

भाँचियो निर्माणाधिन तामाकोशी नदीको पुल
समाचार

भाँचियो निर्माणाधिन तामाकोशी नदीको पुल

९ मंसिर २०७८, बिहीबार
वर्तमान गठबन्धन  सरकार ढल्ने हल्ला निराधार हाे – पुर्व मन्त्रि सिटौला
समाचार

वर्तमान गठबन्धन सरकार ढल्ने हल्ला निराधार हाे – पुर्व मन्त्रि सिटौला

९ मंसिर २०७८, बिहीबार
एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल
विविध

एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल

९ मंसिर २०७८, बिहीबार
“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा
विविध

“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा

९ मंसिर २०७८, बिहीबार
 विद्यालयले  पाइप र टयाँकि पाएसँगै अभिभावक उत्साहित 
देश

 विद्यालयले  पाइप र टयाँकि पाएसँगै अभिभावक उत्साहित 

९ मंसिर २०७८, बिहीबार
सबै पालिकालाई उछिन्दै  प्रथम भयो,मन्थली नगरपालिका 
देश

सबै पालिकालाई उछिन्दै  प्रथम भयो,मन्थली नगरपालिका 

९ मंसिर २०७८, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.