रामेछाप । रामेछापको मन्थली नगरपालिका–१२ घर भई सिन्धुपाल्चोकको तातोपानी सशस्त्र प्रहरी बलमा कार्यरत अच्यूतकुमार बोहराले २ लाख ४० हजार रुपैयाँ फिर्ता गरेका छन् ।
मन्थली नगरपालिका–२ तल्लो टेकानपुरस्थित सडकमा फेला परेको २ लाख ४० हजार रुपैयाँ, पैसा धनी खाँडादेवि गाउँपालिका–४ पकरबासका भोजबहादुर मानन्धरलाई सशस्त्र प्रहरी बल मन्थली मार्फत फिर्ता गरेका हुन् ।
घर विदामा रहेका सशस्त्र प्रहरी सहायक हवल्दार अच्यूतकुमार बोहरा मन्थलीबाट घर फर्कने क्रममा पैसा सहितको कालो झोला बाटोमा फेला परेपछि बोहराले सशस्त्र प्रहरी बल मन्थलीमा बुझाएका थिए ।
पैसासँगै झोलामा रहेका धनीको परिचय–पत्रको आधारमा सम्बन्धित ब्यक्तिलाई बोलाई पत्रकारहरुको रोहवरमा पैसा फिर्ता गरिएको सशस्त्र प्रहरी बल मन्थलीका प्रहरी नायव उपरीक्षक केशवराज प्याकुरेलले जानकारी दिए ।
विमा ब्यवसाय गर्दै आएका मानन्धरले आफ्नो हराएको पैसा फेला पारेर इमान्दारिताका साथ फिर्ता गरेको भनि खुसीले सहायक प्रहरी हवल्दारलाई पुरस्कार स्वरुप ४० हजार रुपैयाँ दिंदा नलिएको उनले बताए । जनताको सुरक्षामा खटिएको राष्ट्र सेवक भएकाले हराएको रकम फेला परि फिर्ता गर्न पाउँदा आपूm एकदमै खुसी भएको बताए । जनताको जनधनको सुरक्षा गर्नु आफ्नो दायित्व भएकाले पैसा धनीले पुरस्कार स्वरुप दिएको रकम आपूmले नलिएको पनि उनले बताए ।
यो बारेमा तपाईको प्रतिकृया