रामेछाप २६ पुष । नेपाल मगर महिला संघले माघे संक्रातिको बिषेश अवसरमा आयोजित बृहत सास्कृतिक कार्यक्रम सोमबार मन्थलीमा सम्पन्न भएको छ ।
![](https://nepalabhiyan.com/wp-content/uploads/2022/01/magar-2.jpg)
संस्थाकी अध्यक्ष तारा रैका मगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन नेपाल मगर संघका केन्द्रीय सचिब रक्ष बहादुर रैका मगरले गर्नु भएको थियो ।
![](https://nepalabhiyan.com/wp-content/uploads/2022/01/magar-5.jpg)
कार्यक्रमका अबसरमा वाजागाजा र बिभिन्न झाँकी सहितको रयालीले मन्थली बजारका बिभिन्न भागहरु परीक्रमागरी जिल्ला समन्वय समितिको प्राङ्गडमा बिबिध सास्कृतिक कायक्रम तथा शुभकामना आदान प्रदान गरिएको थियो ।
![](https://nepalabhiyan.com/wp-content/uploads/2022/01/magar-3.jpg)
सो अबसरमा नेकपा एमालेका जिल्ला इन्चार्ज एबं पूर्व मन्त्री कैलाश प्रसाद ढुंगेल, नेकपा समाजबादीकी नेतृ शान्ता सापकोटा, नेपाल पत्रकार महासंघ बागमति प्रदेशका कोषाध्यक्ष रमेश ढुंगेल, जिल्ला अध्यक्ष बद्री नयाँघरे पत्रकार हिमाल ढुंगेल लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो । सो अवसरमा सिन्धुली कला घरका कलाकारहरुले बिभिन्न सास्कृतिक कार्यक्रमहरु समेत प्रदर्शन गरेका थिए ।
यो बारेमा तपाईको प्रतिकृया