रामेछाप,३० पुष । नेकपा एमाले रामेछापका अधिकांश नेता तथा कार्यकर्ताहरु बिरामी परेका छन् । यसरी बिरामी पर्नेहरुमा एमालेका केन्द्रीय सदस्य एबं जिल्ला ईन्चार्ज कैलाश ढुंगेल, जिल्ला अध्यक्ष आनन्द कुमार श्रेष्ठ,निवर्तमान जिल्ला अध्यक्ष शान्ति प्रसाद पौडेल,पूर्व सचिवालय सदस्य ज्ञान कुमार श्रेष्ठ, लिखु तामकोशी गाउँपालिकाकी अध्यक्ष दिपशिखा दाहाल लगाएतका दर्जनौ नेता तथा कार्यकर्ताहरु रहेका छन् ।
अधिबेसनमा सहभागि भएका मध्ये अधिकांस विरामी परेका र केहिको परिक्षणका क्रममा कोभिड समेत पुष्टि भएको छ ।
कोभिड पुष्टि हुनेमा निर्वर्तमान अध्यक्ष शान्ति पौडेल,रामेछाप नगरकमिटीका अध्यक्ष रोसन पाख्रिन रहेका र बाँकी धेरैले एन्टीजेन्ट र स्वाब परीक्षण गराएको र यो समाचार तयार पारिसक्दा सम्म रिपोर्ट आईनसकेको बताएका छन् । कोभिड देखिएकोले आफु आईसुलेसनमा बसेको निर्वतमान अध्यक्ष शान्ति पौडेलले बताउनु भयो । केन्द्रीय सदस्य कैलाश ढुंगेलले पनि आफु विरामी भएको भएपनि स्वास्थ्यमा सामान्य सुधार आएको र आफु पनि होम आईसुलेसनमा बसेको जानकारी दिनुभयो ।
६४ वडाका करिब ७ सय प्रतिनिधिहरुको सहभागिता रहेको पार्टिको अधिबेसन ४ दिन अघि मात्र सम्पन्न भएको थियो । सहभागि भएका मध्ये अधिकाँश भिडभाडका कारण विरामी परेकाले धेरैलाई कोभिड संक्रमण भएको हुन सक्ने अनुमान गरिएको छ । त्यस बाहेक निर्धारीत समय भन्दा लामो समय अधिबेशन लम्बिएकोले चिसो र धपेडिका कारण पनि बिरामीहरुको सख्या बढि भएको हुन सक्ने अनुमान चिकित्सकहरुले गरेका छन् ।
जिल्ला अस्पतालका डा पबन शाक्यले भिडभाड र चिसोका कारण विरामीको संख्या बढेको केहिको परीक्षणका क्रममा पोजेटिभ पनि देखिएकोले सबैलाई शर्तकताका साथ होम आईसुलेसनमा बस्न आग्रह गर्नु भयो ।
अधिबेशन पछि धेरै साथी बिरामी परेको र त्यसबाट आफु पनि अछुतो हुन नसकेको एमाले जिल्ला अध्यक्ष आनन्द श्रेष्ठले बताउनु भयो । उहाँले भन्नु भयो — एकैपटक विरामीको संख्या बढेको र परिक्षणका क्रममा केहि साथीहरुलाई कोभिड भएको समेत पुष्टि भएकोले पार्टिले सबै नेता कार्यकर्तालाई अनिवार्य रुपमा कोभिड परिक्षण गराउन र सुरक्षित तरीकाले होम आईसुलेसनमा बस्नका लागि पनि अनुरोध गरिसकोको जिल्ला अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया