Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

कोरोनामा पनि वडाध्यक्षले पु¥याए घरमै सामाजिक सुरक्षा भत्ता

नेपाल अभियान नेपाल अभियान
१७ माघ २०७८, सोमबार
in समाचार, स्थानीय सरकार
0
92
SHARES
Share on FacebookShare on Twitter


रामेछाप १७ माघ ।
राज्यनै कोरोना कहरको सेरोफेरोमा फसिरहेकोे बेला रामेछाप नगरपालिका —७ का वडा अध्यक्ष समिर कार्कीले नागरिकका घर घरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेका छन् । अन्य पालिका र वडाका नागरिकहरुले कोरोनाका बिच सरकारी मापदण्डको समेत बेवास्ता गर्दे बैङ्कको कहालिलाग्दो भिडमा पुगेर सामाजिक सुरक्षा भत्ता बुझेको तस्विर सार्वजनिक हुँदै गर्दा सुकाजोरका वडा अध्यक्षले भने नागरिकहरुको घरघरमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेका हुन् ।
वडा कार्यालयले सिधै सामाजिक सुरक्षा भत्ता वितरण गर्दा सरोकारवालाहरु सबैको हातमा भत्ता नपुग्ने गरेको र कतिपय वडा कार्यालयबाट समेत रकम अपचलन भएको प्रमाणका आधारमा सरकारले उक्त भत्ता वितरण प्रकृयालार्ई ब्यवस्थित गर्नका लागि बैंकिङ्ग प्रणालिमा लैजाने नीति अबलम्बन गरेको थियो ।

सरकारी मापदण्ड अनुसार सबै सामाजिक सुरक्षाका उपभोक्ताहरुले बैङ्किङ सेवावाट अनिवार्य रुपमा सामाजिक सुरक्षा भत्ता बुझ्नु पर्ने प्रावधान अनुसार नै वडा कार्यालयले लक्ष्मी बैंक मार्फत आफ्ना सेवाग्राहिहरुलाई शनिवार घरघरमा नै पुगेर भत्ता बितरण गरेको हो । पहिलो कुरा त धेरै जेष्ठ नागरिक र अपाङ्गहरुकालागि बैंकमा पुग्नुनै समस्या छ । त्यसमा पनि अहिले कोभिड महामारीमा नागरिकहरुले संबन्धित बैकमा लाम लागेर रकम लिनु भनेको उनीहरुलाई सजाय दिनु जत्तिकै भएकोले आफुले बैङ्क सँगको समन्वयमा घर घरमानै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको वडा अध्यक्ष कार्किले वताए ।
लोपोन्मुख हायु समुदायको पनि उल्लेख्य जनसंख्या रहेका कारण सामाजिक सुरक्षा भत्ता लिनेहरुको संख्या पनि शुकाजोरमा अन्य वडाको भन्दा उल्लेखनिय रहेको छ । त्यसमा पनि जेष्ठ नागरिक,अपाङ्ग,दलितहरु समेत थपिने हुँदा सामाजिक सुरक्षा भत्ता वितरणको शिर्षकमा शुकाजोरले मासिक रुपमा लाखौ रुपैयाँ वितरण गर्दै आएको छ । आफुले सामाजिक सुरक्षा भत्ताको वितरणको कार्य घर घरमा पुर्याउने कामको आरम्भ गरेकोले आफ्नो कार्यकालभर सरोकारवालाहरुलाई घर घरमानै सामाजिक सुरक्षा भत्ता पुर्याएर आफुले सर्ब साधारणको मतको सम्मान गर्न चाहेको वडा अध्यक्ष कार्कीले जानकारी दिए । म नागरिकहरुकै मत बाट जितेको अध्यक्ष भएको र मेरो लागि उहाँहरु जहिले पनि सम्मानित पात्र हुनु भएकोले मैले यस पटक पनि सामाजिक सुरक्षा भत्ताको अभियानलाई घर घरमानै जोडेको हुँ कार्कीले भने ।
घरमानै सामाजिक सुरक्षा भत्ता लिएर आफ्नो वडा अध्यक्ष आएकोमा उनीहरु पनि निकै खुसी छन् । शुकाजोरकी धनमायाँ मगरले घरमानै सामाजिक सुरक्षा भत्ता पाएकोमा खुसी ब्यक्त गरिन् । उनले भनिन्— “यस्तो महामारी र चिसो मौसमका विच बैंकमा गएर रकम बुझन निकै गाहे कुरा थियो । तर हामीले त्यस खालको समस्यालाई झेल्नु परेन । वडा अध्यक्षलाई धन्यबाद छ । त्यस्तै पाले बनका गोपाल महतारा पनि घरमानै सामाजिक सुरक्षा भत्ता पाउँदा खुसि छन् । उनले भने यस्तो बेलामा पनि वडाध्यक्षले घरमा भत्ता वितरण गर्नु भनेको निकै ठुलो कुरा हो ।

Share37Tweet23Share6

Related Posts

रामेछाप अस्पतालमा रक्तदान
समाचार

रामेछाप अस्पतालमा रक्तदान

१७ माघ २०७८, सोमबार
मन्थली नगरपालिकाका १४ वटै वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा
समाचार

मन्थली नगरपालिकाका १४ वटै वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

१७ माघ २०७८, सोमबार
रामेछाप नगरपालिकाका सबै वडा एकैसाथ बालमैत्री वडा घोषणा
समाचार

रामेछाप नगरपालिकाका सबै वडा एकैसाथ बालमैत्री वडा घोषणा

१७ माघ २०७८, सोमबार
जेष्ठ नागरिक द्वारा ९ जना असल बुहारी सम्मानित
समाचार

जेष्ठ नागरिक द्वारा ९ जना असल बुहारी सम्मानित

१७ माघ २०७८, सोमबार
रामेछापकोे सिम्ले आविमा खानेपानी पुगेपछि गाँउमै खुसियाली
विविध

रामेछापकोे सिम्ले आविमा खानेपानी पुगेपछि गाँउमै खुसियाली

१७ माघ २०७८, सोमबार
अन्तरजातिय विवाह गर्ने १3 जोडि सम्मानित
समाचार

अन्तरजातिय विवाह गर्ने १3 जोडि सम्मानित

१७ माघ २०७८, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.