रामेछाप १८,माघ । जिल्लाको सुनापति गाउँपालिकाले आफ्नो पालिका भरी मंगलबार बाट लागुहुने गरी तीन दिन सार्वजनिक विदा दिएको छ । सोमवारको निर्णय अनुसार पालिकाले तामाङ्ग समुदायको साँस्कृतिक तथा धार्मिक पर्व सोनाम ल्होच्छारको अबसर पारेर मंगलबार,बुधबार र विहिबार समेत गरी ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
पालिकाका प्रमुख कार्यकारी अधिकृत कमल राज श्रेष्ठले एक सूुचना मार्फत तामाङ्ग समुदायको बाहुल्यता रहेको सुनापति गाउँपालिकाले २८५८ औ सोनाम ल्होच्छार ताक तथा बाघ वर्षको अबसर पारेर तीन दिनका लागि सबै सरकारी तथा गैर सरकारी संस्था,तथा वित्तिय संस्था हरुमा समेत सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया