Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

ट्राफिक ब्यबस्थापनमा नगरको चासो

नेपाल अभियान नेपाल अभियान
१८ फाल्गुन २०७८, बुधबार
in प्रहरी-प्रशासन, समाचार, स्थानीय सरकार
0
147
SHARES
Share on FacebookShare on Twitter
                                       

रामेछाप १८ फागुन । नगरको ट्राफिक ब्यवस्थापन लाई थप ब्यवस्थित गर्न मन्थली नगरपालिकाले चासो देखाएको छ । त्यसका लागि नगरले मन्थलीको ट्राफिक प्रहरी मार्फत आबश्यक प्रकृया अघि बढाउन लागेको हो ।
मन्थली नगरपालिकाको संयोजनमा सोमबार बसेको सरोकारवालाहरुको बैठकमा आगामी चैत्र गतेबाट लागु हुने गरी मन्थलीको ट्राफिक ब्यवस्थापनलाई थप ब्यबस्थित गर्दै जाने निर्णय भएको हो । प्रहरी प्रमुख र ट्राफिक प्रमुख नयाँ आए संगै सरोकारवाला हरुले दिएको सुझाब र स्थानीय स्तरमा देखिएका समस्याका आधारमा ट्राफिक ब्यवस्थापनलाई थप व्यबस्थित वनाउने उपाएका बारेमा छलफल गरिएको थियो । नगरपालिकाले सोहि आधारमा ट्राफिक ब्यवस्थापनलाई मजबुद बनाउने बतएको छ ।

सुन्दर र सभ्य मन्थली बजारको सपनालाई साकार पार्ने अभियान अनुरुप सडक क्षेत्रको साँघुरोपनका कारण पार्किड लगायत,सडक तथा फुटपाथमा देखिएको समस्या आदिलाई मिलाएर ट्राफिक ब्यवस्थापनलाई थप व्यबस्थित गराउने उद्देश्यले बैठकको आयोजना गरिएको मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले बताउनुभयो । जस अनुसार मन्थली बजारका ब्यापारी र पैदलयात्री हरुलाई समेत सके सम्म सहज हुने गरी आबश्यक बाताबरण तयारी गरिने र त्यसका लागि मन्थली नगरपालिकाले आबश्यक सहयोग गर्ने पनि प्रमुख बस्नेतले जानकारी गराउनुभयो ।
कार्यक्रममा प्रहरी नायब उपरीक्षक राजकुमार थिङले सरोकारवाला बाट आएको सुझाबका आधारमा बजार क्षेत्र र भुगोल समेतलाई मध्य नजर राखेर काम गर्ने र त्यसका लागि सम्भाबित बिकल्पहरुको समेत खोजि गरिने जानकारी गराउनुभयो । बैठकले देबकोटा चोक देखि मुल सडक हुँदै बस पार्क क्षेत्र तथा प्रशासन कार्यालय जाने बाटो,चोकबाट प्रहरी कार्यालय जाने बाटो हुँदै भेशैश्वर चोक सम्मको हकमा त्यसको ब्यवस्थापनमा समेत ध्यान दिने गरी आबश्यक प्रकृया अघि बढाउने जिम्मा ट्राफिक प्रहरीलाई दिने निर्णय गरेको छ । जस अनुसार – देबकोटा चोक देखि जिल्ला समन्वयको मुल सडक छेउको एक तर्फ एक हप्ता र अर्काे हप्ता अर्काे तर्फ पार्किड गरिने छ । त्यसै गरी प्रशासन कार्यालय जाने सडकमा गाडि र्पािर्कड गर्न नदिने र मोटर साईकलको हकमा उद्योग बाणिज्य संघ भवन बाट कोलेनिक मोडिने बाटो छेउ सम्म एकतर्फ मात्र दिने निर्णय पनि गरेको छ । त्यस्तै स्कुल समयमा र कार्यालय समयमा हुने सवारी चापलाई पनि ब्यवस्थापन गर्नका लागि आबश्यक प्रकृया समेत तय गरेको छ ।
बैठकमा उद्योग बाणिज्य संघका अध्यक्ष तथा पदाधिकारी र संचारकर्मिहरुको समेत उपस्थिति रहेको थियो । बैठकले त्यसकालागि आबश्यक सुझाब लिन र थप सहजिकरणका लागि यातायात ब्यवसायी र गाडि चालकहरु संग समन्वय गरी छलफल पश्चात उनिहरुको समस्या समेतलाई सम्बोधन गर्ने जिम्मा ट्राफिक प्रमुख चन्द्र श्रेष्ठलाई दिने समेत निर्णय गरेको छ ।

Share59Tweet37Share10

Related Posts

राप्रपामा पुनः वाइवा निर्वाचित
समाचार

राप्रपामा पुनः वाइवा निर्वाचित

१८ फाल्गुन २०७८, बुधबार
आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ
विविध

आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ

१८ फाल्गुन २०७८, बुधबार
राप्रपा रामेछापद्वारा पृथ्वीनारायण शाहको संझना
राजनीति

राप्रपा रामेछापद्वारा पृथ्वीनारायण शाहको संझना

१८ फाल्गुन २०७८, बुधबार
मन्थली नगरले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्ने
कृषि

मन्थली नगरले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्ने

१८ फाल्गुन २०७८, बुधबार
फागनु २१ मा कुनै हालतमा पनि निर्बाचन हुँदैन – कान्छाराम
समाचार

फागनु २१ मा कुनै हालतमा पनि निर्बाचन हुँदैन – कान्छाराम

१८ फाल्गुन २०७८, बुधबार
बिजुलीकोटमा न्यानो कपडा वितरण
शिक्षा

बिजुलीकोटमा न्यानो कपडा वितरण

१८ फाल्गुन २०७८, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.