
रामेछाप,२ बैशाख । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र मन्थली रामेछापले सेवा केन्द्रमा आबद्ध विद्यावारिधि गर्ने २ जनालाई सम्मान गरेको छ ।

लामो समयदेखि यस केन्द्रमा आबद्ध रहनुहुने ब्रह्माकुमार भरत श्रेष्ठ र ब्रह्माकुमारी अनिता श्रेष्ठलाई सेवा केन्द्रले नव वर्ष २०७९ को अबसरमा बिहिवार आयोजित स्नेह मिलन कार्यक्रमको अबसरमा दोसल्ला ओढाएर र इश्वरीय सौगात प्रदान गरेर सम्मान गरेको हो ।
ब्रह्माकुमार श्रेष्ठले नैतिक मुल्य शिक्षा (भ्यालु एजुकेशन) मा र अनिता श्रेष्ठले जलवायु परिवर्तन (क्लाइमेट चेन्ज) मा बिद्यावारिधि ( पिएचडि) गर्नु भएको थियो ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र रामेछापकी प्रमुख सञ्चालिका सिता दिदी को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडिले गर्नु भएको थियो ।

सो अबसरमा पत्रकार प्रमुख अतिथि पहाडी,मन्थली मावि का प्रअ टंक प्रसाद दाहाल, पूर्ब प्र अ गुञ्ज बहादुर श्रेष्ठ,बिद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष कुमार श्रेष्ठ,नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे,ब्रम्हकुमार रामहरी सुबेदी सम्मानित ब्यक्तित्वहरु भरत कुमार श्रेष्ठ र अनिता श्रेष्ठ लगाएतले आ आफ्नो मन्तब्य राख्नु भएको थियो ।

सो अबसरमा बोल्ने अधिकांस बक्ताहरुले बिबिन्न अबसरमा गरिने यस्ता कार्यक्रम, योग, ध्यान तथा साधनाले सामाजिक सद्भाव बृद्धि हुनुका साथै मानिमा जागर र फुर्तिलो पन बढन गई दिनभर गरिने काममा जोस र जागर समेत बढ्ने अनुभव समेत वताउनुभएको थियो ।
यो बारेमा तपाईको प्रतिकृया