रामेछाप,६ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन बिच चुनावी तालमेल गर्ने अन्तिम प्रयास भए पनि संभव नहुँदा अब गठबन्धन नहुने पक्का भएको छ ।
मंगलवार बसेको सत्ता सझेदार गठबन्धनको बैठकमा नेकपा माओवादी केन्द्र का कारण सहमति जुट्न नसकेपछि तालमेन नहुने टुंगो भएका काँग्रेस सचिब दिपक खड्काले बताउनुभयो । सिट बाडफाडको बिषयमा कुरा नमिलेपछि गठबन्धन नहुने टुंगो लागेको हो ।
आफुहरु लचिलो हुँदा पनि माओवादी लचिलो नभएका कारण गठबन्धन नहुने देखिएको पनि उहाले बताउनु भयो , माओवादीले मन्थली नगरपालिका सहित चार वटा पालिका को प्रमुख र उपप्रमुखमा दावि गरेको छ भने काग्रेसले पनि सो नगर पालिका सहित पाँच वटा पालिका माग गरेको छ ।
माओबादीले मन्थली नगरपालिका,सुनापति, दोरम्बा र खाँडादेवी गाँउपालिका मागेको छ भने काँग्रेसले पनि मन्थली र रामेछाप नगरपालिका सहित सहित ५ वटा पालिका हरु माग गरेको छ । ।
जिल्लामा यस अघि २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा मत भारका आधारमा काँग्रेस जेठो पार्टि हो ।
यस अघि मन्थली माबि मा बिद्यालय ब्यवस्थापन समितिमा भएको सहमति अनुसार माओवादीले इमान्दिारीता पूबृक काम नगरेका कारण माओवादील्ो जुनसिुके बेला धोका दिन सक्ने भन्दै गठबन्धन गर्ने काम समाप्त भैसकेको पार्टि उप सभापति लेख बहादुर कार्कीले बताउनुभयो । एक्लै लड्न आन्तरिक तयारी थालेको काँग्रेसले ८ गते सम्म सबै पालिका र वडाको टिककट बाडफाड सक्ने योजना रहेको पनि उपसभाति कार्कीले बताउनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया