Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सूूचनाको बेवास्ता गर्दै मुख्य निर्वाचन कार्यालय

नेपाल अभियान नेपाल अभियान
१४ बैशाख २०७९, बुधबार
in समाचार
0
52
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,१४ बैशाख । आगामी ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई स्वच्छ,स्वतन्त्र रजनमैत्री बनाउन भन्दै निर्वाचन आयोगले नियमित सूचना प्रवाह गर्नका लागि आबश्यक सबै कार्य गर्दै आईरहेको बेला मुख्य निर्वाचनअधिकृतको कार्यालय रामेछापले भने आफ्नो कार्यलबाट सूचना दिन कन्जुस्याई गरेको छ ।

सूचनाको हक सम्बन्धि ऐन २०६४ र नियमावली ६५ ले गरको ब्यवस्था र वर्तमान संविधानले सूचनाको हकका बारेमा गरेको ब्यवस्थालाई आत्मसाथ गदै जिल्लाको निर्बाचन सम्बन्धी सूचना हरेक नागरिकलाई दिने संयन्त्रका लागि निर्बाचन आयोगले गरेको प्रयास रामेछापमा भने असफल हुँदै जान लागेको छ । 

निर्वाचन अभियानमा जुटेका मुख्य राजनितिक दलहरु विशेषगरी नेकपा माओवादी केन्द्र,नेकपा एमाले, नेकपा एकिकृत समाजवादी,नेपाली काँग्रेस लगाएतका दलहरुले व्यापक रुपमा आचार संहिता उल्घंन गरीरहेको सम्वन्धमा मुख्य निर्वाचन कार्यालयमा बुधवार सम्र्पक गर्दा मुख्य निर्वाचन अधिकारीकै फोन उठेन । यस अघि जिल्लामा भएको निर्वाचन आचार संहिता सम्बन्धी कार्यक्रमका अबसरमा आचार संहिता उल्लघन गर्ने जुनसुकै दललाई कार्बाहि गर्ने र आचार संहिता उल्लंघन गरेको सूचना दिनका लागि २४ घण्टा फोन गर्न सकिने कुरा मुख्य निर्बाचन अधिकारीले बताउनुभएको थियो ।
निर्वाचनका लागि आचार संहिता लागिरहेको बेला विभिन्न पार्टीका उम्मेद्वाहरुले गाउँगाउँमा मतदाताहरुलाई लोभ्याउने खालका गतिविधि र विद्यालय स्तरका वालवालिकाहरुलाई पोशाक वितरण जस्ता काम गरेको र हाल सम्मको जिल्लाभरको उमेद्वारी दर्ता लगाएतका मुख्य निर्वाचन अधिकृतको कार्यालयको काम कार्वाहिहरुका वारेमा बुझ्नका लागि मुख्य निर्वाचन अधिकारीको कार्यालयमा बुझ्न खोज्दा पनि त्यसको वेवास्ता गरिएको छ ।
वुधवार मुख्य निर्वाचन कार्यालयको गतिवीधि, जिल्ला स्तरमा अन्य पालिकाका निर्वाचन कार्यालयहरुको अवस्था, राजनितिक दलका उम्मेदवारहरुको कार्यशैली आदिका वारेमा मुख्य निर्वाचन कार्यालयमा बुझ्न खोज्दा मुख्य निर्वाचन अधिकारी दीवकार भट्टको मोवाइल उठेन ।
मुख्य निर्बाचन अधिकारी भट्टको टेलिफोन नउठेपछि निर्वाचन आचार संहिता अनुगमन समितिका सदस्य प्रमुख जिल्ला अधिकारी दिपक पहाडी सँग सम्र्पक गर्दा उहाँले निर्वाचन सँग सम्वन्धी सवै कामका वारेमा मुख्य निर्वाचन अधिकारीको कार्यालयमा सम्र्पक गरी बुझ्न आग्रह गर्नुभयो ।
मुख्य निर्वाचन अधिकारी सँग सम्र्पक हुन नसकेपछि बुधवार वेलुकी ४ः४५ वजेतिर संचारकर्मीहरुको टोली पुग्दा मुख्य निर्वाचन अधिकृत बाहिरी सकेको सूचना प्राप्त भयो ।
सहायक मुख्य निर्वाचन अधिकारी बिना खड्का (थापा) सँग कार्यालय परिसरमा भेटेर कुरा गर्दा उहाँले जिल्लाभरीको दावि विरोध र अन्य अवस्थाका वारेमा मुख्य निर्वाचन अधिकारीको कार्यालयलाई जानकारी नहुने बताउनुभयो । संचारकर्मीहरुले सोधेको प्रश्नलाई उहाले खासै गम्भिर रुपमा लिनुभएन । उल्टै मोवायल चलाउने धुनमा जिज्ञासाको वेबास्ता गर्दै आफ्ना कर्मचारीहरु संँगै आयोगबाट कार्यालयका कर्मचारीहरुले पाउने सेवा र सुविधाका वारेमा मात्रै कुरा गरीरहनुभयो ।
यीनै घटना र परिघटनाका विचमा कार्यालय परिसरभित्र भेटिएका अर्का सहायक निर्वाचन अधिकारी एवं जिल्ला प्रशासन कार्यालय रामेछापका प्रशासकिय अधिकृत लिलाधर अवस्थीले भने घटनालाई गम्भिरताका साथ लिनुभयो । उहाँले मुख्य निर्वाचन अधिकृतको मोवाइल उठ्नु पर्ने भन्दै पत्रकारहरुलाई सूचना दिनु आफ्नो कार्यालयको कर्तव्य भएको भन्दै नियमित सूचना पाउनुबाट संचारकर्मीलाई वञ्चित गर्नु नहुने बताउनुभयो । उहाले भन्नुभयो– “आज मुख्य निर्बाचन अधिकारी बाहिरी सक्नुभायो भोलि (बिहिवार) उहासँग समन्वय गरी सञ्चारकर्मीहरुलाई निर्वाचनको वारेमा नियमित सूचना दिने सम्बन्धी छलफल गरी जवाफ दिन्छौ ।”

Share21Tweet13Share4

Related Posts

भाँचियो निर्माणाधिन तामाकोशी नदीको पुल
समाचार

भाँचियो निर्माणाधिन तामाकोशी नदीको पुल

१४ बैशाख २०७९, बुधबार
वर्तमान गठबन्धन  सरकार ढल्ने हल्ला निराधार हाे – पुर्व मन्त्रि सिटौला
समाचार

वर्तमान गठबन्धन सरकार ढल्ने हल्ला निराधार हाे – पुर्व मन्त्रि सिटौला

१४ बैशाख २०७९, बुधबार
एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल
विविध

एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल

१४ बैशाख २०७९, बुधबार
“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा
विविध

“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा

१४ बैशाख २०७९, बुधबार
 विद्यालयले  पाइप र टयाँकि पाएसँगै अभिभावक उत्साहित 
देश

 विद्यालयले  पाइप र टयाँकि पाएसँगै अभिभावक उत्साहित 

१४ बैशाख २०७९, बुधबार
सबै पालिकालाई उछिन्दै  प्रथम भयो,मन्थली नगरपालिका 
देश

सबै पालिकालाई उछिन्दै  प्रथम भयो,मन्थली नगरपालिका 

१४ बैशाख २०७९, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.