Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

काँग्रेस कार्यकर्तालाई आक्रमण गर्न प्रयास गरीरहेका माओवादी कार्यकर्ताको भागाभाग

नेपाल अभियान नेपाल अभियान
२५ बैशाख २०७९, आईतवार
in राजनीति, समाचार
0
531
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,२५ बैशाख । मन्थली नगरपालिका वडा नं–७ भटौलीका माओवादी कार्यकर्ताले काँग्रेस कार्यकर्ताहरुलाई आक्रमण गर्ने प्रयास गरिहेको बेला पुलिस पुगेपछी मोटर साइकल नै छाडेर भागेका छन् ।
शनिवार साँझ नेपाली काँग्रेस वडा कार्य समितिका सभापति बलबहादुर तामाङको घर साठीमुरे मा खानपान गरि सुत्ने तयारी गरिहेको बेला सो वडाका लागि माओवादी केन्द्र बाट वडा अध्यक्षको उमेद्वार समेत बनेका गंगालाल गोलेको नेतृत्वमा सो ठाउमा पुगेको १०÷११ जनाको समुहले काँग्रेस सभापति तामाङ सहित त्याहा रहेका अन्य काँग्रेस कार्यकर्ताहरुलाई अश्लिल शब्दले गालि ब्यइज्येति गर्दै कुटपिट गर्ने प्रयास गरिरहेको बेला प्रहरी पुगेपछि उनीहरु ३ बटा मोटरसाइकल छोडेर भागेको वडा सभापति तामाङले बताउनुभयो ।
उहाले सो बिषयलाई लिएर आफुले शान्ति सुरक्षा पाँउ भनि ठाडो किटानी जाहेरी जिल्ला प्रहरी कार्यालय रामेछापमा दिएको र वडा कार्य समितिले बिज्ञप्ती जारीगरी घट्नाको घोर भत्र्सना गरेको बताउनुभयो। पार्टि सभापति वल बहादुर तामाङ द्धारा हस्ताक्षरित बिज्ञप्तिमा मिति २०७९ बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्बाचसँग सम्बन्धीत बिषयलाई लिएर म वडा पार्टि सभापतिको घर (साठीमुरी) मा मिति २०७९ बैशाख २४ गते साझ हामी नेपाली काँग्रेसका कार्यकर्ताहरु बिच खाना खाइसकेर संगठनको आन्तरिक छलफल थियौं । त्यसै बेला करिब ९ः३० बजे राति सुत्न लागेको अबस्थामा यस वडाका माओवादी केन्द्रका वडा अध्यक्ष पदका उमेद्वार गंगालाल गोलेको नेतृत्वमा मादक पदार्थ सेवन गरी मातेको अबस्थामा १०÷११ जनाको समुहमा आएका माओवादी केन्द्रका कार्यकर्ताहरुले मोटर साइकलको आवाज ठुलो बनाएर मेरो परिवार र हामी त्याहाँ रहेका काँग्रेसका कार्यकर्ताहरुलाई अश्लिल शब्दले गालि गलौज गर्दै सांघातिक आक्रमण गर्न लागेपछि हामिले कोलहल गरी हार गुहार गर्दै सुरक्षाका लागि प्रहरीमा समेत फोन गरेपछि स्थानीय मानिसहरु जम्मा हुने क्रम बढदै गएपछि र प्रहरी आउने जानकारी पाएपछि उनीहरु ३ वटा मोटरसाइकल समेत छाडेर भागेको जनाइएको छ । बिज्ञप्तीमा यस वडाका लागि नेकपा माओवादी केन्द्रका उमेद्वार समेत रहेका गोलेले रातको समयमा घर–घर आएर गरेको यस्तो ब्यवहार प्रति नेपाली काँग्रेस वडा कार्य समिति घोर भर्सना गर्दछ भनिएको छ ।
सो बिज्ञप्तीमा रातको समयमा निर्वाचन आचार संहिता बिपरित यसरी गुण्डा गर्दि शैलिमा आक्रमण गर्दै हिड्ने गोलेको समुहलाई यस वडा कार्य समिति आबश्यक कार्वाहिका लागि संम्बन्धीत निकायसँग जोडदार माग गरिएको कुरा पनि उल्लेख गरिएको छ ।

बिज्ञप्तीमा हरेक नागरिकको स्वतन्त्रता पूर्बक बाच्न पाउने अधिकार लाई कुण्ठित गरी शान्ति सुरक्षामा समेत खलल बनाइ आतंक मच्चाउने उक्त समूहले जुनसूकै बेला म र मेरा कार्यकर्ताहरुलाई फेरी पनि सांघातिक हमला गर्न सक्ने हुँदा हाम्रो जिउ ज्यान जोगाउनका लागि शान्ति सुरक्षा कायम गरिदिनुहुन स्थानीय प्रशासन सँग जोडदार माग गर्दछौ भनिएको छ ।
वडा सभापति तामाङले आफ्नो पार्टिले नजित्ने र काँग्रेसले जित्ने निश्चित देखेपछि उनीहरुले काँग्रेस कार्यकर्ताहरुर्ला थर्काउने धम्क्याउने सांघातिक हमला गर्ने कामको सुरुवात गरेको भन्दै यी र यस्ता गतिबिधिहरु आफुलाई मन्य नहुने वताउनुभयो । उहाले भन्नुभयो –“कुकुरले टोक्यो भन्दैमा हामी कुकुरलाई टोक्न जाँदैनौ हामी बिधि र प्रकृया अनुसार कानूनि बाटो रोज्छौ । त्याहा हामिले चाहेको भए उनीहरुको हात खुट्टा हामी पनि भाचिदिन सक्थ्यौ तर हामीले त्यो बेलामा संयम अपनायौं । त्यहि भएर कानूनी प्रकृयामा गएर जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छौ, आशा छ अब कानूनले हामिलाई न्याय दिन्छ र शान्ति सुरक्षको प्रत्याभूति पनि दिलाउछ ।

Share212Tweet133Share37

Related Posts

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण
शिक्षा

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण

२५ बैशाख २०७९, आईतवार
रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम
आधारभूत

रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम

२५ बैशाख २०७९, आईतवार
बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग
देश

बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग

२५ बैशाख २०७९, आईतवार
नेविसंघको न्यानो कपडा
विविध

नेविसंघको न्यानो कपडा

२५ बैशाख २०७९, आईतवार
शैक्षिक क्षेत्र सुधारको अभियानमा मन्थली नगर
समाचार

शैक्षिक क्षेत्र सुधारको अभियानमा मन्थली नगर

२५ बैशाख २०७९, आईतवार
सृजनशिलको मन्थलीमा रामेछाप विकास बहस
समाचार

सृजनशिलको मन्थलीमा रामेछाप विकास बहस

२५ बैशाख २०७९, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.