रामेछाप ,१८ जेठ । यहि असार २ गते हुने भनिएको जिल्ला समन्वय समितिको निर्वाचन को मिति परिवर्तन भएको छ ।
मुख्य निर्बाचन अधिकृत डा.दिवाकर भट्टका अनुसार– जिल्ला समन्वय समितिको निर्बाचन यस अघि असार २ गते गर्ने भन्ने तयारी गरिएको भएपनि पालिका प्रमुखहरुको अन्यत्र कार्यक्रम परेर सारिदिन अनुरोध भए अनुसार जेठको २८ र २९ का लागि सारिएको हो ।आठ वटा पालिकाका प्रमुख र उपप्रमुख एबं अध्यक्ष उपाध्यक्ष सहित जम्मा १६ जना मतदाता रहेको यस जिल्ला समन्वय समतिको चुनाब जित्नका लागि ९ मत आबश्यक पर्छ । जसका लागि काँग्रेस सँग ७ मत नेकपा एमाले सँग ६ मत र माओवादी सँग ३ मत गरी जम्मा जम्मा १६ मत रहेको छ ।
यो बारेमा तपाईको प्रतिकृया