Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

विविध कार्यक्रमका साथ मन्थलीमा वातावरण दिवस मनाईयो

बद्री नयाँघरे बद्री नयाँघरे
२२ जेष्ठ २०७९, आईतवार
in समाचार
0
57
SHARES
Share on FacebookShare on Twitter

रामेछाप , २२ जेठ । विश्व वातावरण दिवस आज सदरमुकाम मन्थलीमा विविध कार्यक्रमका साथ मनाइएको छ । वाताबरण संरक्षण परियोजना मन्थली,शसस्त्र प्रहरी वल मन्थली र रामेछाप पोलिटेक्निकल कलेज मन्थलीले छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो ।


दिवसका अवसर पारेर वातावरण संरक्षण परियोजनाले आइतवार सदरमुकाम मन्थलीमा बृहत कार्यक्रमको आयोजना गरेको थियो । बिभिन्न सन्देमुलक नाराहरु सहितको र्यालीले मन्थली बजार परिक्रमा गरेको थियो । बजार परिक्रमा पछि र्याली मन्थली स्थीत सामुदायिक भवनमा पुगेर औपचारीक कार्यक्रममा परिणत भएको थियो ।
औपचारीक कार्यक्रममको उद्घाट्न मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठ र रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले संयुक्तरुपमा पानसमा बत्ति बालेर गरेका थिए । कार्यक्रममा परियोजनाले हाल सम्म कार्यक्रम लागु भएका रामेछाप र मन्थली नगर र तिनको वडा स्तर सम्ममा वातावरणको क्षेत्रमा भए गरेको प्रगतिका बारेमा जानकारी गराईएको थियो ।

५ बर्षदेखि वाताबरणको क्षेत्रमा काम गर्दे आएको परियोजनाले मन्थली र रामेछाप नगर भित्र र रामेछाप मन्थली सडक छेउमा गरेको बृक्षारोपण र बृक्षारोपण पछि आएको सुधार,अवस्था र परिवर्तनका बारेमा पनि जानकारी गराईएको थियो । त्यसैगरी परियोजनाले वाल वालिकाको क्षेत्रमा वाल क्लबको गठन र उक्त क्लब मार्फत भए गरेको प्रगतिका बारेमा पनि जानकारी गराईएको थियो ।
त्यस बाहेका परियोजनाले आफ्नो कार्यकालमा गरेको खानेपानीको मुहान संरक्षण फलफुल तथा विभिन्न प्रजातिको विरुवा वितरण र रोपन ,वाताबरणको क्षेत्रमा सहयोग गर्दै आएका विद्यालयहरु मन्थली मावि,नागकन्या मावि मन्थली,मावि कठजोर लगायतका विद्यालयका तथा परियोजना द्धारा गठित बाल क्लब र सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष तथा पदाधिकारी त्यसमा सहयोग गर्ने मुख्य शिक्षकहरु समेतलाई कार्यक्रमका प्रमुख अतिथि र विशिष्ठ अतिथिहरुले पुरस्कार वितरण गरेका थिए ।
सो अबसरमा दुवै नगरका प्रमुखहरुले परियोजनाले हाल सम्म गरेको कामको प्रशंसा गर्दै भावि दिनमा पनि हारियालीमैत्री नगरको रुपमा मन्थली र रामेछापलाई विकास गर्नका लागि आफुहरु पनि हातमालो गर्दै अगाडि बढ्न तयार भएको बताएका थिए । परियोजनाका प्रमुख मिलन कुमार घिसिङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका अबसरमा घिसिङले परियोजनाको कार्यकालमा सहयोग पुर्याउने अविभावक र विद्यार्थी लगायतका सबै लाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

सो अवसर पारेर आजै शसस्त्र प्रहरी वल मन्थलीको हाता भित्र पनि विभिन्न जातको १ सय वटा विरुवा रोपीएको थियो । कार्यक्रमका सहभागि अतिथिहरुलाई कार्यलय प्रमुख एबं डिएसपी केशवराज प्याकुरेलले स्वागत गर्दै संस्थाको प्रगतिका बारेमा पनि जानकारी गराउनुभएको थियो । त्यसैगरी विश्व वातावरण दिवसको अबसर पारेर मन्थली पोलिटेक्निकल कलेजले पनि आफ्नो हाता भित्र विभिन्न जातका विरुवाहरु रोपेको थियो ।

Share23Tweet14Share4

Related Posts

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण
शिक्षा

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण

२२ जेष्ठ २०७९, आईतवार
रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम
आधारभूत

रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम

२२ जेष्ठ २०७९, आईतवार
बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग
देश

बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग

२२ जेष्ठ २०७९, आईतवार
नेविसंघको न्यानो कपडा
विविध

नेविसंघको न्यानो कपडा

२२ जेष्ठ २०७९, आईतवार
शैक्षिक क्षेत्र सुधारको अभियानमा मन्थली नगर
समाचार

शैक्षिक क्षेत्र सुधारको अभियानमा मन्थली नगर

२२ जेष्ठ २०७९, आईतवार
सृजनशिलको मन्थलीमा रामेछाप विकास बहस
समाचार

सृजनशिलको मन्थलीमा रामेछाप विकास बहस

२२ जेष्ठ २०७९, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.