रामेछाप,२५ असार । रामेछाप महिला उद्यमी समुह संघले आज मन्थलीमा अन्तरकृया एबं संस्थागत छलफल कार्यक्रमको आयोजना गरेको छ ।
संघकी अध्यक्ष अपना श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय बाणिज्य बैकमा प्रबन्धक मुकेश दाहाल,महिला अधिकार कर्मी घना श्रेष्ठ र उद्यम सहजकर्ता मनिषा अधिकारीले सहजीकरण गर्नु भएको थियो ।
सो अबसरमा रा वा बैक का शाखा प्रबन्धक दाहालले बर्षमा १० जना उद्यमीहरुलाई बिनाधितो १५ लाख सम्म ऋण बाणिज्य बैकले दिने भएकोले सो कर्जाको वारेमा जानकारी दिदै उद्यम गर्न चाहाने र गरिहेकाहरुले आर्थिक बर्षको सुरुमै आबश्यक कागजात पेश गर्न अनुरोध गर्नुभयो । कार्यक्रमका अबसरमा महिला अधिकार कर्मी घना श्रेष्ठ र सहजकर्ता मनिषा अधिकारीले उद्यम गर्दा ध्यान दिनु पर्ने कुराहरु र उद्यमी मा हुनुपर्ने गुणहरु लगाएतका बिषयमा जानकारी गराएका थिए ।
यो बारेमा तपाईको प्रतिकृया