Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

काम गर्ने एउटा भुक्तानी लैजाने अर्कै

नेपाल अभियान नेपाल अभियान
२८ असार २०७९, मंगलवार
in समाचार
0
102
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,२८ असार । एउटाले गरेको काममा अर्कैले भुक्तानी पायो भन्दा जो कोहिलाई पनि नौलो लाग्न सक्छ ? त्यस्तै नौलो तर सत्य घटना घटेको छ रामेछापको खाँडादेवी गाउँपालिकामा । सो गाउँपालिका ९ मा पर्नै पिङखुरीको एउटा सिँचाइ आयोजनामा कार्यालयले एउटाले गरेको काममा अर्कैलाई भुक्तानी दिइएको छ ।
निर्माणाधिन पिङखुरीको बँेसीटोल सिँचाई आयोजनामा स्थानीय चुडा बहादुर भण्डारीले अर्कै समितिले गरेको काम देखाएर किर्ते प्रमाण राखी जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय मन्थली बाट भुक्तानी लिएका हुन् । कार्यालयले किर्ते उपभोक्ता समितिका नाममा दुई पटक गरी २१ लाख ६० हजार रुपैया भुक्तानी दिएको थियो ।
आयोजनाको कामै नगरी किर्ते कागज बनाएर पैसा निकाल्ने स्थानीय चुडाबहादुर भण्डारी फरार भएपछि आयोजनको काम गर्ने श्रमिकहरु अप्ठेरोमा परेका छन् । काम गरेको रकम नपाएका कारण स्थानीय श्रमिकहरु कतिपयको घर बास उठ्ने अबस्था बनेको छ । भण्डारी २१ लाख ६० हजार रुपैयाँ भुक्तानी लिई बेपत्ता भएका कारण आफुहरुको विचल्ली भएको गुनासो उनिहरुले गरेका छन् । तर सो कुलोको काम गर्ने वास्तविक उपभोक्ता र श्रमिकले भने कामको रकम पाएका छैनन् । यो सिँचाइ आयोजनामा चालु आर्थिक वर्षका लागि गाउँपालिका मार्फत काम हुनेगरी बागमती प्रदेश सरकारबाट २० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । जसका लागि स्थानीय सरोज भण्डारीको अध्यक्षतमा अर्को उपभोक्ता समिति बनेको थियो । समितिले गाउँपालिकाले उपलब्ध गराएको स्टमेट र कार्यादेश अनुसार २०७८ पुसबाटनै काम सुरु गरेको थियो ।
सोहि आयोेजनामा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय मन्थली मार्फत सम्झौता भएर काम हुने गरी बागमती प्रदेश सरकारको १२ लाख र सङ्घिय सरकारबाट ३२ लाख रुपियाँ बजेट विनियोजन भएको थियो । सिँचाइ डिभिजन कार्यालयले भने उपभोक्ताहरुको सहभागिता बिना उक्त बजेटबाट काम गर्ने गरि गणेश भण्डारी अध्यक्ष, शेरबहादुर भण्डारी सचिव र चुडाराज भण्डारी कोषाध्यक्ष रहेको उपभोक्ता समिति गठन गरिएको थियो । तर त्यसको जानकारी कुनै उपभोक्तालाई थिएन ।
कार्यालयले समितिले तोके अनुसारको काम गरेर भुक्तानी लिन जाँदा सिँचाइबाट त्यही काम देखाएर अर्को उपभोक्ता समितिले पैसा लिएको थाहा पाएपछि गाउँपालिकाले आफूहरूले भुक्तानी पाउनु पर्ने चेक रोकेको उपभोक्ता समितिका अध्यक्ष सरोज भण्डारीले जानकारी गराए । उनले काम गरेका श्रमिकको ज्याला तिर्न समेत नसकेका कारण थप समस्या आएको बताए ।
किर्ते हस्ताक्षर र प्रमाणका आधारमा कोषाध्यक्ष चुडाराज भण्डारीलाई जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय मन्थली रामेछापले शङ्कास्पद र किर्ते कागजको श्रमदानसहित २३ लाख रुपियाँ बराबरको कामको मूल्याङ्कन बनाई २०७८ फागुनमा ३ गते र २०७९ जेठ १३ गते दूई पटक गरी २१ लाख ६० हजार रुपियाँ भूक्तानी दिएको भन्ने पत्ता लागेको पनि सरोजले बताए ।
उनी रकम लिएर फरार भएपछि आफुहरु कामगरेको पैसा पाउन बाट बंचित रहेको श्रमिक टेक बहदुर घिसिङ्गले गुनासो गरे । उनले भने- “हामीले पुसको ठण्डीमा काम गरेको ज्याला पाएका छैनौँ, यो असार भरी पर्खन्छौँ, त्यति बेलासम्म पनि पैसा पाएनौँ भने हामी हरुले अन्याएको विरुद्ध अन्तिम निणर्य लिन बाध्य हुन्छौ । ”
उक्त गुनासोका आधारमा अनुगमनका लागि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय मन्थली बाट कार्यालयका इन्जिनियर दिवाकर प्रसादको नेतृत्वमा टोलिले घटना स्थलमा पुगेर विवरणको बारेमा जानकारी लिएको थियो । टोलीमा र राधेश्याम प्रसाद लगायतका व्यक्तिहरु हुनुहुन्थ्यो । गत जेठ १८ गते अनुगमनमा गएको टोलीले पालिकाबाट सम्झौता भै काम मात्र सम्पन्न भएको प्रतिवेदन कार्यालयलाई बुझाएको थियो । तर सिँचाइ कार्यालयबाट सम्झौता भएको काम भने सम्पन्न नभएको जानकारी पनि गराएको थियो ।
त्यसैगरी अनुगमन समितिले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमा सम्झौता गरेर बनेको समितिले काम गरेको र चुडाराज भण्डारीले सोहि समितिले गरेको कामको फोटो देखाएर दुई पटक सम्म रकम भुक्तानी लिन सफल भएको प्रतिवेदन बुझाएकोे थियो ।
यसै विच त्यस विषयले ब्यापक्ता पाएपछि खाँडादेवी ९ का वडा अध्यक्ष अक्कल बहादुर भण्डारीको अध्यक्षतामा छुट्टै बैठक बसी किर्ते कागज बनएर जिल्ला सिँचाइ कार्यालयबाट झुक्याएर भूक्तानी लिने चुडराज भण्डारीलाई कारबाहीको दायरामा ल्याउने निणर्य पनि गरेको थियो ।
अनुगमनका क्रममा उक्त काम सरोज भण्डारीको समूहले गरेको भएपनि सिँचाइबाट काम गर्ने गरी सम्झौता गरेको समितिले सरोजकै नेतृत्वमा बनेको उपभोक्ता समितिले गरेको काम देखाएको, फोटो खिचेको र दुई पटक गरी सिँचाइ डिभिजन कार्यालयबाट २१ लाख ६० हजार रुपैयाँ निकालेको खाँडादेवी गाउँपालिका वडा नं ९ पिङ्खुरीका वडा अध्यक्ष अकलबहादुर भण्डारीले बताउनुभयो ।
पैसा निकाल्ने समितिका कोषाध्यक्ष चुडाबहादुर भण्डारी बेपत्ता छन, काम नगर्नेले पैसा झिक्यो, काम गर्नेले पैसा पाएका छैनन्, यो यहाँका गरिबलाई ठुलो मार पर्‍यो उहाँले भन्नुभयो । अहिले सिँचाइ डिभिजन कार्यालयको प्रमुखको बोली एकाएक फेरिएको छ । यस अघि कार्यालयलाई समेत गुमराहमा राखेर बजेट अनियमितता गर्ने प्रयास भएको बताउने कार्यालय प्रमुख रामनरेश मण्डल अहिले आएर सो काम आफ्नै कार्यालयले बनाएको उपभोक्ता समितिले गरेको दावी बताउनुहुन्छ ।
गाउँपालिकाका प्राविधिक र गाउँपालिकाले बनाएको उपभोक्ता समितिले काम नै नगरी पैसाँ खान खोजेको आरोप समेत उहाँले लगाउनुभयो । तर कामदारले त पैसा पाएका छैनन् नि भन्ने प्रश्नमा भने उहाँ कोषाध्यक्षले बदमासी गरेर पैसा निकालेर हिँडेको कारण कामदारले पैसा नपाएको बताउनुहुन्छ । त्यो प्रमुख जिल्ला अधिकारीले मिलाउनु होला नि, अख्तियारमा मुद्दा परेको छ क्यारे, आफू पन्छिँदै मण्डलले भन्नुभयो ।
खाँडादेवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण लामिछानेले दुई वटा समूह मध्ये कसले काम गरेको हो भन्ने विवाद भएको कारण गाउँपालिकाले काटी सकेको चेक पनि रोकेको बताउनुभयो । विवाद समाधान भएपछि उहाँहरूले रकम पाउने लामिछानेको भनाइ छ । सिँचाइको पैसा लिएर फरार चुडाबहादुर भण्डारी एकीकृत समाजवादीबाट सो वडाको वडाध्यक्ष पदमा चुनाव लडेर पराजित हुनुभएको थियो ।
पैसा लिएर भाग्ने भण्डारीको खोजीमा सरकारी निकायले कुनै अग्रसरता देखाएको छैन ।

Share41Tweet26Share7

Related Posts

पत्रकार घिसिङ प्रेस चौतारी पत्रकारिताबाट सम्मानित
देश

पत्रकार घिसिङ प्रेस चौतारी पत्रकारिताबाट सम्मानित

२८ असार २०७९, मंगलवार
रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न
कारोबार

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न

२८ असार २०७९, मंगलवार
१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न
प्रदेश नं ३

१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न

२८ असार २०७९, मंगलवार
खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै
आधारभूत

खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै

२८ असार २०७९, मंगलवार
शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

२८ असार २०७९, मंगलवार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

२८ असार २०७९, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.