Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

निर्वाचनको संघारमा रामेछाप काँग्रेसमा जुहारी,सभापति अल्पमतमा

नेपाल अभियान नेपाल अभियान
१ भाद्र २०७९, बुधबार
in राजनीति, समाचार
0
205
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,१ भदौ । रामेछाप काँग्रेसका जिल्ला पार्टी सभापति पूर्णबहादुर तामाङ् (कान्छाराम) को कार्यशैली र दम्भका कारण पैदा भएको पार्टिको आन्तरिक असन्तुिष्ट जुहारीमा परिणत भएको छ । जसका कारण कार्य समितिका बहुमत सदस्यहरुले मोर्चा बन्दि गर्दे उनको कार्यशैलि प्रति असहमति जनाउँदै उनी बिरुद्ध विभिन्न आरोप लगाएका छन् ।

उनीहरुले आफु सँग राय बझाउने कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई पेलेरै जाने रणनीति अबलम्बन गरेका सभापतिले केहिलाई समिति बाट बर्खास्त गरी आफु अनुकुलको कार्य सम्पादन समिति बनाएको, आफुमात्र सर्बगुण सम्पन्न ब्यक्ति र चतुर राजनितिज्ञ ठान्ने सभापति कान्छारामले पछिल्लो पटक बोलाएको जिल्ला समितिको बैठकमा पनि बहुमत पुर्याउन नसकेको आरोप बहुमत पक्षले लगाएका छन् ।
सभापतिको चरित्रका विरुद्ध मोर्चाबन्दि गर्र्नेहरुमा उप सभापति नबराज थोकर सचिब विनोद कार्की सहित २६ जना सदस्यहरु रहेका छन् । उनीहरुले अल्पमतमा रहेका सभापतिले आफु बहुमतमा रहेको देखाउन पटक –पटक बैठक डाकेको र समितिको बैठकमा कार्य समितिमा रहेका कुल सदस्य ४७ मध्ये २० जना सदस्य मात्रै उपस्थिति भएपछि कोरम पुरयाउने नाममा बैठकको माइन्युट घर घरमै पुर्याएर प्रलोभनमा पारी हस्ताक्षर गर्न बाध्य वनाएको उनीहररुको आरोप छ ।


त्यसैगरी पार्टि सभापति भएदेखिनै आफुमात्र सर्वेसर्बा भएको ब्यवहार देखाउँदै आएका सभापतिले स्थानीय तह निर्वाचनताका विधान बमोजिम संसदिय बोर्ड नै गठन नगरी, मनोमानी र एकलौटी ढंगले टिकट वितरण गरेको आरोप पनि उनीहरुले लगाएका छन् । त्यस्तै कार्यपालिका सदस्य तथा जिल्ला समन्वयको टिकट वितरणको बारेमा कार्यसमितिको बैठकमा सल्लाहनै नगरी आफू अनुकुलको ब्यक्तीलाई वितरण गरेको, लिखु तामाकोसी गाउँपालिकाको उपाध्यक्षको टिकट आर्थिक चलखेलमा निर्वतमान गाउँपालिका प्रमुख गोन्विदबहादुर खड्काकी श्रीमती नेपाली काँग्रेसकी साधारण सदस्यनै नभएककी ब्यक्ती सरस्वती गुरुङ खड्कालाई दिएर पुराना र दुःख गरेका कार्यकर्ताहरुलाई पाखा लगाउने काम गरिएको, टिकट वितरणका क्रममा पार्टी केन्द्रीय नीति, निर्देशन विपरित जिल्लामा गठबन्धन नगरी आफ्ना आसेपासेलाई मात्र मनोमानी ढंगले टिकट वितरण गरेको कारण निर्वाचन परिणाम सोचेजस्तो आउन नसकेको पनि असन्तुष्ट पक्षले आरोप लगाएका छन् ।
त्यसैगरी आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा समेत पार्टीलाई सम्भावित दुर्घटनाबाट बचाउन एव संगठनलाई चलायमान गराउन भनी सल्लाह सुझाव दिंदा समेत सभापतिले एकल ढंगले मात्र चल्ने गरेकोले पार्टिको हितका लागि पनि आफुहरु लाग्न बाध्य भएको पनि उनीहरुले आफ्नो विज्ञप्ती मार्फत जनाएका छन् । त्यस बाहेक पटक (पटक पार्टी सभापतिलाई विधान अनुरुप चल्न अनुरोध गर्दा गर्दै पनि केही राजनीतिक स्वार्थीहरुको स्वार्थ शिद्ध हुने गरी पार्टीलाई अवैधानिक र अलोकतान्त्रिक तरिकाले सञ्चालन गरेको, चरम स्वेच्छाचारी निर्णय गर्न थालेकोले पनि आफुहरुले उनको कार्यशैलीका बिरुद्ध लाग्न बाध्य भएको विज्ञप्तिमा भनिएको छ ।

त्यस्तैगरी महाधिवेशन प्रतिनिधि युवराज भट्टराई, जिल्ला कार्य समितिका निर्वाचित सदस्य घन नारायण श्रेष्ठले दिएको शर्त सहितको लिखित सामुहिक सुझावलाई पदबाट राजिनामा दिएको भनी स्विकृतिका लागि भट्टराईको केन्द्रमा नाम सिफारिस गरेको, घननारायण श्रेष्ठको पद जिल्ला कार्यसमितिको पूर्ण बैठकनै नबसि राजिनामा स्वीकृत गरेको र पार्टीको विधान विपरित ‘लेटरप्याड’ प्रयोग गरी नेपाल प्रेस युनियनका अध्यक्ष अप्रिल अधिकारीलाई कार्बाही का लागि केन्द्रीय सभापतिलाई पत्राचार गरेको, विभिन्न नेता कार्यकर्ताहरुलाई गालीगलौज गर्दै राजीनामा माग गरेको आरोप छ ।
यहि मंसिर ४ गते हुने संघिय र प्रदेशको चुनावमा यसले ठुलो असर पार्ने भन्दै सम्बन्धित सरोकार ब्यक्तीहरुलाई यो समस्या समाधानको पहलका लागि अनुरोध गरिएको कुरा पनि बिज्ञप्तीमा उल्लेख छ ।
बिज्ञप्ती प्रकाशन गर्ने एक सदस्यका अनुसार यो बिज्ञप्ती पश्चात यहि २०७९ भदौ ३ गते बोलाइएको बैठक स्थगित भएको भन्ने आफुले सुचना पाएकोले सहमति र सहकार्यको प्रयास सुरु भएको बताउनुभयो ।

Share82Tweet51Share14

Related Posts

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 
देश

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 

१ भाद्र २०७९, बुधबार
जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ
देश

जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ

१ भाद्र २०७९, बुधबार
उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 
देश

उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 

१ भाद्र २०७९, बुधबार
अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो
संघ

अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो

१ भाद्र २०७९, बुधबार
रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

१ भाद्र २०७९, बुधबार
Auto Draft
देश

एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुङ्गेल अग्र मोर्चामा 

१ भाद्र २०७९, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.