रामेछाप,२ भदौ । रामेछाप जिल्लाका आठ वटै स्थानीय तहले भुमिहिन दलित,भुमिहिन सुकुम्बासीलाइ जग्गा उपलब्ध गराउने र १० औ बर्ष देखि अब्यबस्थित बसोवास गर्नेलाइ ब्यबस्थित बनाउने उदेश्य सहितको कार्य सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
भूमि आयोगले रामेछापको मन्थलीमा बिहिबार आयोजना गरेको एक कार्यक्रमका अबसरमा जिल्लाका आठ वटै स्थानीय तहका जन निर्र्वाचित प्रतिनिधि प्रमुख उप प्रमुख र प्रमुख प्रसाशकिय अधिकृत र जिल्लाका सारोकार वाला निकायका पदाधिकारी समेतको उपस्थितिमा भुमि आयोगको काम कर्तब्य र अधिकार का वारेमा जानकारी गराइएको थियो ।
भुमि आयोगको कार्यक्रमलाइ थप प्रभाबकारी बनाउन आफुहरु तयार रहेको कार्यक्रममा बोल्ने स्थानीय तहका प्रमुख हरुले् बताएका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अथिति एवम जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना कार्कीले सुकुम्बासी, भुमिहिन दलित, बिगत देखि अब्यवस्थीत बसोवास गर्ने हरुको बास्तविक पहिचाहन गरेर मात्र कार्य अगाडि बढाउन सुझाव दिनुभएको छ । उहाले राज्यले ल्याएको कानुनलाइ पक्षपात गर्ने भन्दा पनि समान ढंगले काम गर्नुपर्ने कुरालाई जोड दिनुभयो ।
राष्ट्रिय भुमि आयोग जिल्ला समिति रामेछापका अध्यक्ष गौतम कुमार लामाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै कार्यक्रमका बिशेष अथिति एवम राष्ट्रिय भुमि आयोग केन्द्रीय सदस्य बासुदेब हुमागाईले सबै सँग समन्वय गरेर काम गर्न आफ्नो आयोग तयार रहेको बताउनुभयो । उहाले सुकुम्बासी र भुमि हिन दलितहरुको समस्या समाधानको लागि भुमि आयोगले यो अभियानलाइ अगाडि बढाएको र यसमा स्थानीय तहले पर्याप्त साथ दिने पनि अपेक्षा पनि गर्नुभयो ।
यो बारेमा तपाईको प्रतिकृया