रामेछाप , १४ भदौ । नेपाली काँग्रेस प्रदेश सभा “ख” क्षेत्रीय समिति रामेछापले संसदिय चुनाव लड्ने हरुका लागि आवेदन माग गरेको छ ।
यहि मंसिर ४ गते सम्पन्न हुने संसदिय निर्वाचनमा प्रदेश ख बाट चुनाब लड्ने ब्यक्तिको नाम जिल्ला कार्यसमिति र प्रदेश कार्य समितिमा निर्णय गरी सिफारिस पठाउनुपर्ने भएपछि प्रत्यक्ष र समानुपातिकमा उमेद्वार बन्न रुची राख्ने ब्यक्तिहरुको लागि आबेदन माग गरेको हो ।
प्रदेश सभा “ख” क्षेत्रीय समिति सभापति राजेश कुमार श्रेष्ठद्वारा हस्तक्षरीत सुचनामा बिधानको धारा ३०, धारा ३२ (२) तथा धारा ६९ बमोजिम योग्यता पुगेका ब्यक्तिहरुले प्रतिज्ञा पत्र, नागरिकताको प्रतिलिपि र कृयासिल सदस्यताको प्रतिलिपी सहित यहि भदौ १६ गते १० देखि २ बजे सम्म पार्टि कार्यालय मन्थलीमा आवेदन दिन अनुरोध गरिएको छ ।
संसदिय निर्वाचनमा प्रत्यक्ष र समानुपातिक तर्फ चुनाब लड्ने उमेद्वारहरुको नाम सिफारीस गर्न सहज होस भन्नका लागि आबेदन माग गरिएको र आबेदन परिसकेपछि बैठक बसेर ति आबेदनहका वारेमा आबश्यक छलफल गरी सिफारीस गरिने सभापति श्रेष्ठले बताउनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया