रामेछाप, १२ असोज । ब्रहाकुमारी राजयोग सेवा केन्द्र मन्थलीले बुधवार नेपाल अभियानका सम्पादक रमेश ढुंगेलकी स्वर्गिय माता शान्ता कुमारी ढुंगेलको स्मरणमा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।
तेहैं पुण्य तिथिको अबसरमा सेवा केन्द्र अन्र्तगतका भक्तजनहरु समेतको रोहबरमा सभाको आयोजना गरेको हो ।
राजयोग सेवा केन्द्रकी प्रमुख सञ्चालिका सिता दीदीको अध्यक्षतामा सम्पन्न सो सभाका सहभागि अतिथि हरुले सेवा केन्द्रकी सदस्य समेत रहेकी स्वर्गिय ढुंगेलको असामयिक निधनले सिङ्गो परिवार र समाज लाईनै दुखित बनाएको भन्दै मृत आत्माको चिर शान्तिको कामना गरेका थिए ।
सामाजिक अभियान्ता एबं नेपाली काँग्रेसका उप सभापति लेख बहादुर कार्कीको प्रमुख आतिथ्यतामा भएको उक्त सभामा बौल्दै कार्कीले शालिन र भद्र परिवारको सदस्य गुमाउनु पर्दा सबैलाई दुखःलागेको बताउनु भयो । उहाले स्वर्गिय ढुंगेल परिवार र समाजकै लागि एक अतुलनिय ब्यक्तित्व रहेको भन्दै शोकलाई सक्तीमा परिणत गर्न अनुरोध गर्नुभयो । उहाले भन्नुभयो— “जन्म पछि मृत्यू निश्चित छ तर ढिलो चाडो मात्र हो, उहा अझै २०÷२५ बर्ष बाचिदिनु भएर वावाको सेवा गर्नु भएको भए अझ राम्म्रो हुन्थ्यो तर त्यो सम्भावना रहेन । पक्कै पनि उहाको बास बैकुण्ठमा हुनेछ ।”
कार्यक्रमका अबसरमा मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसका प्रमुख डा. भरत कुमार श्रेष्ठ, पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे, स्वर्गिय ढुंगेलका छोरा एबं यस नेपाल अभियान डट कम अनलाइनका सम्पादक रमेश ढुंगेल लगाएतले शोक मन्तब्य राख्दै स्वर्गिय ढुंगेलले समाज र परिवारमा दिएको योगदानका बारेमा गरेका थिए ।
यो बारेमा तपाईको प्रतिकृया