Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापका सबै स्थानीय तहको बजेट ४ अर्व २४ करोड माथी, आवश्यकता अनुसार आ–आफ्नै प्राथमिकता

बद्री नयाँघरे बद्री नयाँघरे
१२ असार २०७६, बिहीबार
in समाचार, स्थानीय सरकार
0
587
SHARES
Share on FacebookShare on Twitter

१२ असार, २०७६

रामेछाप- रामेछापका सबै स्थानीय तहले आगमी आर्थिक वर्ष २०७६/०७७ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । संघिय सरकारले चालु आर्थिक वर्षको असार १० गते भित्र स्थानीय सरकारले आफ्नो नीति तथा कार्यक्रम नल्याए संघिय सरकारले दिने सबै सहयोग रोक्ने चेतावनी दिइएको थियो । संघिय सरकारको चेतावनी पछि रामेछापका ८ स्थानीय तहले पनि आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।

आगामी आर्थिक वर्षका लागि ६ ओटा गाउँपालिका र दुई नगरपालिकाको कुल बजेट ४ अर्ब २४ करोड २२ लाख ९१ हजार बराबरको रहेको छ । त्यसैगरी दुई नगरपालिका र ६ गाउँपालिकाले पालिकाको आवश्यकता अनुसार नीति तथा कार्यक्रममा आ–आफ्नै प्राथमिकता समाबेस गरेका छन् ।

‘सडकको ट्रयाक हैन, स्तरउन्नती र कालोपत्रे गर्छौ’ : नगर प्रमुख बस्नेत 

मन्थली नगरपालिकाले आगमी आर्थिक वर्षका लागि ६८ करोड ५३ लाख ९६ हजार बराबरको बजेट ल्याएको छ । नगरपालिकाले पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा, प्रदेश सरकारसँग समन्वय गरेर गर्ने गरी चिस्यान केन्द्र, तीनलाल पर्यटन पार्क लगायतका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।

आगामी आर्थिक वर्षमा शिक्षालाई सुधार, स्वास्थ्यलाई सुदृढीकरणमा विषेश जोड दिएको नगर प्रमुख रमेश कुमार बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो– ‘अघिल्ला वर्षहरुमा हामीले साना योजना ल्याउदा केही असफल भयौँ, त्यही भएर आगामी आर्थिक वर्षका लागि सान योजनाहरुलाई निरुत्साहित गर्दै ठूला र दिर्घकालिन योजना ल्याएका छौँ ।’ बस्नेतले थप्नुभयो– ‘सडकको ट्रयाक खोल्ने कामलाई न्यूनिकरण गर्दै विषेश गरी वडाबाट नगरपालिकाको केन्द्र जोड्ने सडकहरुलाई स्तरउन्नती गर्दै केही सडकलाई कालोपत्रे गर्ने योजनामा छौँ ।’ वडाबाट बढी मात्रमा आउने योजनालाई कम गर्दै नीति तथा कार्यक्रममा समाबेस गरिएका योजनाको गुणस्तरमा बढी ध्यान दिएर अगाडी बढ्ने नगर प्रमुख बस्नेतले प्रतिबद्धता जनाउनुभयो ।

 ‘कृषि र उद्योग लाई आर्थिक समृद्धीमा जोड्छौँ’ : नगर प्रमुख थापामगर

रामेछाप नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६४ करोड २६ लाख ७३ हजार बराबरको बजेट ल्याएको छ । नगरपालिकाले पालिका भित्र रहेका बाँझो जमिनलाई हरीयाली बनाउने गरी ब्यवसायिक कृषि, नगरभित्र मुख्य समस्याको रुपमा रहेको खानेपानी सबै वडामा पु¥याउने, त्यसैगरी मौसमी तथा बेमौसमी तरकारी खेतिका लागि किटनाशक औषधीमा ५० प्रतिशत अनुदानको व्यवस्था गर्ने लगायतका कार्यक्रमलाई प्रामिकतामा राखेको छ ।

नगरपालिका भित्र धेरै मात्रमा उत्पादन हुने जुनार, खुर्पाने लगायतका फलफूललाई प्रसोधन गरी गाउँमै उद्योग मार्फत रोजगारी सिर्जना गर्ने गरी नीति तथा कार्यक्रमा कृषिलाई प्राथमिकता दिइएको नगर प्रमुख नर बहादुर थापामगरले बताउनुभयो । उहाँले भन्नुभयो–‘नगरभित्र रहेको बाँझो जमिनलाई हरियाली बनाउँनुको साथै नगदे बाली लगाउने योजना रहेको छ ।, कृषिको लागि सिंचाईको राम्रो ब्यवस्था गर्छौ ।’ त्यसैगरी नगरको रणनैतिक योजनालाई मुख्य आधार बनाएर नीति तथा कार्यक्रम ल्याइएको नगर प्रमुख थापा मगरको भनाई रहेको छ ।

‘बाह्रै महिना गाउँपालिका भरी गाडी गुड्ने बनाउँछौँ’ : अध्यक्ष सुनुवार

उमाकुण्ड गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७का लागि ४६ करोड ५६ लाख ५० हजार बराबरको बजेट सँगै पुर्वाधार, शिक्षा, सामाजिक विकास, कृषि, स्वास्थ्य, पशु, पर्यटन विकास लगायतका योजनाहरुलाई मुख्य प्राथमिकता दिएको छ ।

गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले उमाकुण्ड गाउँपालिका भौगोलिक विकटताले भरिपूर्ण गाउँपालिका भएकाले विकटतालाई नजिक बनाउन नीति तथा कार्यक्रममा पूर्वाधारलाई मुख्य प्राथमिकता दिएको बताउनुभयो । उहाँले भन्नुभयो–‘गाउँपालिकाको केन्द्रबाट वडाहरु धेरै टाढा रहेका छन्, सबै वडाबाट पालिका केन्द्र सम्म आउन बाह्रै महिना गाडी चलाउने गरी योजना अगाडी सारेका छौँ, त्यसलाई पूरा गरेरै छाड्छौँ ।’ उमाकुण्ड गाउँपालिका प्राकृतिक रुपले सम्पन्न गाउँपालिका भएकाले त्यसको समुचित प्रयोग गर्दै गाउँपलिकालाई समृद्ध बनाउने गरी पर्यटन विकासमा पनि नीति तथा कार्यक्रममा जोड दिएको अध्यक्ष सुनुवारले बताउनुभयो । समृद्ध उमाकुण्ड बनाउनको लागि सबै राजनीतिक दल र स्थानीयसँग सहकार्य गरेर अगाडी बढ्ने अध्यक्ष सुनुवारको भनाई रहेको छ ।

‘विकाससँगै रोजगारी, कृषि सँगै समृद्धी’ : अध्यक्ष सुनुवार

‘विकाससँगै रोजगारी, कृषि सँगै समृद्धी’ को नारालाई मुख्या आधार बनाएर गोकुलगंगा गाउँपालिकाले ४५ करोड १२ लाख ५७ हजार बराबरको बजेट ल्याएको छ । आगामी आर्थिक वर्षका लागि पालिकाले रोजगारमुखी, लक्षित वर्ग, साना उद्योग, कृषि पकेट क्षत्र, एक घर एक धारो, पर्यटन प्रर्वधन लगायतका योजनाहरुलाई प्राथमिकता दिएको छ ।

नीति तथा कार्यक्रममा गाउँमा बेरोजगार रहेका युवाहरुलाई रोजगारीमा टेवा पुग्ने गरी १० करोड बढी रकम विकास सँगसँगै रोजगारी दिने गरी योजनामा समाबेस गरिएको गाउँपालिका अध्यक्ष खड्ग बहादुर सुनुवारले बताउनुभयो । उहाँले भन्नुयो– ‘गाउँपालिकाको रहेको वेरोजगारी न्यूनिकरण गर्न विकाससँगै रोजगारी, कृषि सँगै समृद्धी हुने गरी योजना ल्याएका छौँ ।, स्थानीय नगरिकहरुको व्यापक सहभागिता हुने गरी काम गर्छौ ।’ आगामी आर्थिक वर्षका लागि ल्याइएको नीति तथा कार्यक्रम पाँच पर्षे रणनैतिक योजना भित्रै रहेको र त्यसलाई सफल बनाउन पनि रणनैतिक योजनालाई नै टेकेर अगाडी बढ्ने अध्यक्ष सुनुवारले प्रतिबद्धता जनाउनुभयो ।

लिखुतामाकोशी गाउँपालिकाको प्राथमिकता : आर्थिक विकास देखि सुशान सम्म

लिखुतामाकोशी गाउँपालिकाले पनि आगामी आर्थिक वर्षका लागि ४८ करोड ११ लाख ४६ हजार ३ सय ३६ रुपैयाँ बराबरको बजेट ल्याएको छ । गाउँपालिकाले आर्थिक विकास, भौतिक पूर्वाधार, सामाजिक विकास, वातावरण तथा विपत्त ब्यवस्थापन, संस्थागत विकास, वित्तीय ब्यवस्थापन, सुशान लगायतका क्षत्रलाई प्राथमिकता दिएको छ । आगामी वर्षका लागि ल्याईएको बजेट, नीति तथा कार्यक्रमलाई सफल बनाउनको लागि थप अध्ययन गरेर आफ्ना धारणा सार्वजनिक गर्ने गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्काले प्रतिक्रिया दिनुभयो ।

 ‘दीगो विकासको योजनालाई प्राथमिकता दिएका छौँ’ : अध्यक्ष तामाङ

खाँडादेबी गाउँपालिकाले दीगो विकासको योजना सहित कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी पूर्वाधार लगायतका योजनाहरुलाई प्राथमिकता दिएको छ । खाँडादेबी गाउँपालिकाले आगमी आर्थिक वर्षका लागि ६२ करोड २६ लाख ११ हजार बराबरको बजेट ल्याएको छ । ६ ओटा गाउँपालिका मध्ये खाँडादेबी गाउँपालिका सबै भन्दा बढी बजेट ल्याउने गाउँपालिका पनि हो ।

गाउँपालिका भरीको आवश्यकतालाई मध्यनजर गर्दै योजना ल्याइएको र ती योजनाहरु सफल बनाउनको लागि स्थानीय जनप्रतिनिधि र कर्मचारीहरु एक भएर लाग्ने गाउँपालिका अध्यक्ष प्रेम बहादुर तामाङले बताउनुभयो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने गरी बेरोजगार रहेका युवाहरुलाई गाउँमै रोजगारी दिने गरी दिर्घकालिन योजना समाबेस गरिएको अध्यक्ष तामाङले बताउनुभयो । उहाँले भन्नुभयो– ‘नागरिकका अपेक्षाहरु धेरै हुन्छन्, ती अपेक्ष पूरा गर्ने गरी योजना ल्याएका छौँ, चूनाबताका आफ्नो घोषणापत्रमा उल्लेख भएका प्रतिबद्धताहरुलाई नै प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएका छौँ ।’

‘स्थानीलाई प्रत्यक्ष फाईदा पुग्ने गरी पर्यटनमा जोड दिन्छौ’ : अध्यक्ष तामाङ

दोरम्बा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि शिक्षा, पर्यटन, कृषि, सामाजिक विकास, नेतृत्व विकास, पूर्वाधार लगायतका क्षेत्रलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिँदै ४६ करोड ३९ खाल बराबरको बजेट सार्वजनिक गरेको छ ।

दोरम्बा गाउँपालिकाको सम्भावित मुख्य आयश्रोत भनेकै पर्यटन भएकाले स्थानीलाई प्रत्यक्ष फाईदा पुग्ने गरी पर्यटनलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष कमानसिंह तामाङले बताउनुभयो । उहाँले भन्नुभयो– ‘दोरम्बा गाउँपालिका अझै पनि शिक्षामा धेरै पछाडी छ, जसको लागि विषेश प्याकेज बनाएर जाने गरी शिक्षालाई प्राथमिकतामा राखेका हौँ ।’ त्यसैगरी सबै वडाको माटो परिक्षाण गरी माटोको विषेशता अनुसार किबी, आलु, मकै लगायतका तरकारी खेतीका लागि पकेट क्षेत्र नै बनाएर कृषिमा आमूल परिवर्तन ल्याउने पनि उहाँले बताउनुभयो ।

‘गाउँपालिकालाई कृषिबाटै समृद्ध बनाउँछौँ’ : अध्यक्ष लामा

सुनापती गाउँपालिकाले पनि आगामी आर्थिक वर्षका लागि ४२ करोड ९६ लाख ५८ हजार बराबरको बजेट सहित कृषि, पर्यटन, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रलाई मुख्या प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

गाउँपालिकालाई कृषिबाटै समृद्ध बनाउने उद्देश्यका साथ कृषिलई प्राथमिकतामा राखेर नीति तथा कार्यत्रलम ल्याइएको गाउँपालिका अध्यक्ष धावा लामाले बताउनुभयो । उहाँले भन्नुभयो– ‘गाउँमा रहेका बेरोजगार युवाहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत कृषिमा लगाएर “एक गाउँ, एक हरियाली, एक टडेला” भन्ने नारालाई सार्थक बनाउने गरी काम गर्छौ, आगामी आर्थिक वर्षबाट यो कामलाई द्रुत गतिमा अगाडी बढाउँछौँ ।’

यसरी जिल्लाका ८ ओटै स्थानीय तहले आ–आफ्नो गाउँपालिकाको विषेशतासँग जोडेर ल्याएको नीति तथा कार्यक्रम र बजेट आगामी दिनमा कार्यपालिकामा टेबुल गरेर नीति तथा कार्यक्रममा थपघट गर्नु पर्ने भए सहमतीमा हुने सबै स्थानीय तहका प्रमुखहरुले प्रतिक्रिया दिएका छन् ।

Share508Tweet33Share9

Related Posts

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

१२ असार २०७६, बिहीबार
Auto Draft
देश

एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुङ्गेल अग्र मोर्चामा 

१२ असार २०७६, बिहीबार
राष्ट्रिय शिक्षा दिवस-२०८० का अबसरमा मन्थली क्यम्पस प्रमुख डा.भरत कुमार श्रेष्ठ  सहित ६ जना बिध्याभुसषक क बाट सम्मानित
देश

राष्ट्रिय शिक्षा दिवस-२०८० का अबसरमा मन्थली क्यम्पस प्रमुख डा.भरत कुमार श्रेष्ठ सहित ६ जना बिध्याभुसषक क बाट सम्मानित

१२ असार २०७६, बिहीबार
रामेछापमा संविधान दिवस हर्ष उल्लास र  सबैको  साझा दिवसको रूपमा मनाइयो 
देश

रामेछापमा संविधान दिवस हर्ष उल्लास र  सबैको  साझा दिवसको रूपमा मनाइयो 

१२ असार २०७६, बिहीबार
रामेछाप कारागारका ३ कैदी जेल मुक्त
देश

रामेछाप कारागारका ३ कैदी जेल मुक्त

१२ असार २०७६, बिहीबार
नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ काे दशाैं पूर्ण  बैठक सुरू
शिक्षा

नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ काे दशाैं पूर्ण बैठक सुरू

१२ असार २०७६, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.