Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

गठबन्धनले सक्याे ७ वडामा वडा स्तरीय सभा

नेपाल अभियान नेपाल अभियान
३ कार्तिक २०७९, बिहीबार
in समाचार
0
35
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- रामेछापका सत्ता गठबन्धन दलको संयुक्त वडा स्तरीय सभाको तेस्रो दिन बुधबार लिखुतामाकोशी गाउँपालिका वडा नं १ दुरागाउँ र उमाकुण्ड गाउँपालिका वडा नं ७ भुजीमा कार्यक्रम सम्पन्न भएको छ । नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार पुर्ण बहादुर तामाङ कान्छाराम र नेकपा माओबादी केन्द्रबाट रामेछाप प्रदेश सभा (क) का उम्मेद्वार तारानारायण श्रेष्ठ सहितको टोली मंसिर ४ गते हुने निर्वाचनको लागि प्रचार प्रसारमा छन् ।
दुरागाउँ र भुजीको कार्यक्रममा आफ्नो भनाई राख्दै प्रतिनिधि सभा सदस्यका उम्मेद्वार कान्छारामले रामेछापको समग्र समस्याको समाधानको लागि आफ्नो उम्मेद्वारी रहेको बताउँदै मंसिर ४ को निर्वाचनमा आफूलाई निर्वाचित गराउन अनुरोध गरे । उनले रामेछापको समस्याको बारेमा आफू पुर्ण रुपमा जानकार रहेको भएपछि जनताका हरेक समस्या समधान गर्न लाग्ने प्रतिबद्धता जनाए । उनले दुरागाउँ र भुजीले भोग्दै आएका समस्यामा आफू जानकार रहेको बताउँदै निर्वाचित भएपछि दुरागाउँका समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए । लिखुतामाकोशीको दुरागाउँ र उमाकुण्डको भुजीका युवा देखि जेष्ठ नागरिकका समस्यालाई सम्बन्धित निकायमा लगेर समाधानको जिम्मा आफूले लिने प्रतिबद्धता जनाए ।

त्यस्तै कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्यका उम्मेद्वार तारानारायण श्रेष्ठले जनताले प्रदेश सरकारबाट पाउने विकासमा रामेछाप जिल्लालाई जनता सँग जोड्नको लागि आफ्नो उम्मेद्वारी रहेको बताउँदै मंसिर ४ को निर्वाचनमा मतदान गर्न मतदातालाई अनुरोध गरे । यस अघि एमालेको बलमा चुनाब जितेका शान्ति पौडेलले प्रदेश सरकारको मन्त्री हुँदा पनि विकास निर्माणको कुनै पनि काम नभएको आरोप लगाउँदै बिशेष गरि रामेछाप प्रदेश सभा (ख) को विकास गर्ने जिम्मेवारी गठबन्धनको काँधमा आएकाले आफूहरु निर्वाचित भएपछि जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका पुर्व गृह राज्य मन्त्री श्याम कुमार श्रेष्ठ कुशलले आफ्नो भनाई राख्दै २०७४ को निर्वाचनमा माओबादीले चुनाब जिताएका एमालेका कैलाश प्रसाद ढुंगेल र शान्ति प्रसाद पौडेलले मन्त्री हुँदा लिखुतामाकोशी र उमाकुण्डको जनताका समस्यालाई एउटा पनि संबोधन नगरेको आरोप लगाउँदै यो पटक पनि एमालेले चुनाब जिते रामेछापको विकास एक दशक पछाडि धकेलिने बताए । त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि नेपाली काँग्रेसका पुर्व पार्टी सभापति एवं रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपानेले देशमा भएका ठुलठुला परिवर्तन नेपाली काँग्रेस र नेकपा माओवादीको नेतृत्वमा भएकाले अब देश विकासको लागि पनि गठबन्धन आबश्यक रहेको बताउँदै गठबन्धनलाई मतदान गर्न अनुरोध गरे ।
नेकपा माओवादी केन्द्र लिखुतामाकोशी- १ वडा कमिटीका अध्यक्ष अमर गुरुङको अध्यक्षता र नेपाली काँग्रेस उमाकुण्ड गाउँपालिका-७ भुजीका वडा सभापति टेक नारायण श्रेष्ठको अध्यक्षतमा भएको कार्यक्रममा संविधान सभा सदस्य लक्ष्मी गुरुङ, प्रदेश सभा तर्फ नेपाली काँग्रेसबाट समानुपातिकका उम्मेद्वार उज्वलराम घिमिरे, नेकपा माओबादी केन्द्रबाट समानुपातिकका उम्मेद्वार केशर कुमार कालिकोटे, नेपाली काँग्रेस रामेछापका जिल्ला उपसभापति लेख बहादुर कार्की, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधिहरु अर्जुन केसी, युवराज भट्टराई, केशब चालिसे लगायतले भनाई राखेका थिए ।
बिहिबार उमाकुण्डको गुप्तेश्वर र प्रितिमा कार्यक्रम रहेको नेपाली काँग्रेस रामेछापका सचिब दिपक खड्काले बताए ।
कार्यक्रम सोमबार देखि सुरु भएको हो । याे सँगै गठबन्धनले ७ वडामा कार्यक्रम सम्पन्न गरेकाे छ ।

Share14Tweet9Share2

Related Posts

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 
देश

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 

३ कार्तिक २०७९, बिहीबार
विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 
देश

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 

३ कार्तिक २०७९, बिहीबार
जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ
देश

जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ

३ कार्तिक २०७९, बिहीबार
उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 
देश

उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 

३ कार्तिक २०७९, बिहीबार
अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो
संघ

अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो

३ कार्तिक २०७९, बिहीबार
रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

३ कार्तिक २०७९, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.