Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

“भोट गठबन्धनलाई दिनुस, विकासको उपहार लिनुस” – कान्छाराम

नेपाल अभियान नेपाल अभियान
५ कार्तिक २०७९, शनिबार
in समाचार
0
19
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,५ कार्तिक । नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार रहेका पुर्ण बहादुर तामाङ (कान्छाराम)ले रामेछापबाट सत्ता गठबन्धनलाई जिताएर पठाए विकासको उपहार लिएर गाउँ –गाउँ आउने बताउनुभएको छ ।
शनिबार दिउँसो गोकुलगंगा गाउँपालिकाको वडा नं –१ चुचुरेमा वडा स्तरीय चुनावी सभामा आफ्ना प्रतिबद्धता व्यक्त गर्ने क्रममा उहाले प्रतिनिधि सभामा आफूलाई, रामेछाप प्रदेश सभा (क) मा तारानारायण श्रेष्ठ र रामेछाप प्रदेश सभा (ख) मा युवराज चौलागाईंलाई अत्याधिक मत दिएर जिताए आफुहरु विकासको उपहार लिएर गाउँ–गाउँमा आउने बताउनुभएको हो ।
बिगत एक दशक भन्द लामो समय देखि आफू जिल्लाका सबै भू–भागमा पुग्दा त्यहाका समस्यासँग आफू जानकार रहेको बताउँदै समग्र जिल्लाको समस्यालाई निर्वाचित भएपछि समधान गर्ने योजना आफूसँग रहेको पनि उम्मेद्वार तामाङले बताउनुभयो । मंसिर ४ को निर्वाचनमा आफूले एमालेका उम्मेद्वारलाई दोब्बर मतले पराजित गर्ने दाबी समेत उहाले गर्नुभयो ।
त्यसैगरी रामेछाप प्रदेश सभा (क) का उम्मेद्वार तारानारायण श्रेष्ठले रामेछाप प्रदेश सभा (क) लाई बिकास गर्न प्रचुर मात्रामा रहेका प्राकृतिक स्रोतलाई समुचित रुपमा प्रयोग गरेर समृद्ध बनाउन सकिने योजना सहित आफू उम्मेद्वार भएको बताउँदै आम मतदाताई जिताउन आग्रह गर्नुभयो ।
नेपाली काँग्रेस गोकुलगंगा – १ चुचुरेका वडा सभापति धन कुबेर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व गृह राज्य मन्त्री श्याम कुमार श्रेष्ठ, संविधान सभा सदस्य आङटावा शेर्पा, नेपाली काँग्रेस रामेछापका निबर्तमान पार्टी सभापति लवश्री न्यौपाने, प्रदेश सभा तर्फ नेपाली काँग्रेसबाट समानुपातिकका उम्मेद्वार उज्वलराम घिमिरे, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि ध्रुबहरी ढुंगेल, नेकपा माओबादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य प्रेम कुमार कार्की (सेवक), नेपाल लोकतान्त्रिक खेलकुद संघ रामेछापका अध्यक्ष रमेश खड्का लगायतले धारणा राखेका थिए ।
त्यस्तै शनिबार बिहान उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलका वडा सभापति ङापेम्बा शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्यको उम्मेद्वार रहेका पुर्ण बहादुर तामाङ कान्छाराम, रामेछाप प्रदेश सभा (क) का उम्मेद्वार तारानारायण श्रेष्ठ, नेपाली काँग्रेस बागमती प्रदेश सदस्य भिमसेन बस्नेत, नेकपा माओवादी केन्द्र उमाकुण्ड गाउँपालिका वडा नं १ वडा कमिटीका अध्यक्ष अमृत कार्की लगायतले धारणा राखेका थिए ।

राजनीतिक बिचौलियाको धन्दा गर्ने एमालेबाट विकास सम्भव छैन – पुर्व गृहराज्य मन्त्री श्रेष्ठ

राजनीतिक बिचौलियाको धन्दा गर्ने नेकपा एमाले बाट देशको विकाश सम्भब नभएको नेकपा माओवादीका केन्द्रिय सदस्य एव पुर्ब गृहराज्य मन्त्री श्यामकुमार श्रेष्ठ (कुशल)ले बताउनुभको छ ।
लोकतान्त्रिक गठबन्धनको चुनावी सभालाई गोकुलगंगा गाउँपालिका १ चुचुरेको शिवालयमा सम्बोधन गर्दै राजनीतीक बिचौलीयाको धन्दा गर्ने र राजतन्त्रको एजेन्डा बोकेर हिड्ने एमाले बाट देश बिकास सम्भब नभएको बताउनुभएको हो ।
हिजो पनी कांग्रेस र माओवादीको एकता बाट संबिधान जारी सम्भब भएको र एमालेको नेतृत्वमा बनेको सरकारले संबिधान जलाउन खोज्दा पनि कांग्रेस र माओबादी मिलेर रक्षा गरेको भन्दै अब विकास पनि कांग्रेस माओवादी बाट मात्र सम्भब हुने माओवादी नेता श्रेष्ठले बताउनुभयो । २०७४ सालको निर्वाचनमा माओवादी र एमालेको गठबन्धनका उम्मेरदवार बोकेर आएको र मन्त्री समेत बनाएको भएपनि उनिहरुले रामेछापको समस्या नबुझेर बिचौलीयहरु खडा गर्ने र आफ्ना कार्यकर्ता अनुकुल योजना हाल्ने मात्र काम गरेको आरोप लगाउर्दै अहिले रामेछापमा बिकास बिकास भनेर हिड्ने कान्छाराम र तारानारायण श्रेष्ठलाई लिएर आएको बताउनुभयो ।
कांग्रेसले माओवादीलाई र माओबादीले कांग्रेसलाई भोट नदिने हो भने राजाबादी शक्ति शक्तिशाली बन्ने भन्दै पुराना सबै कुरा भुलेर लोकतान्त्रिक गठबन्धनलाई भोट हाल्नु पर्ने बताउनुभयो । सबै नागरिकले प्रतिनिधि सभा तर्फ रुख चिन्हमा र प्रदेश सभा तर्फ गोलाकार भित्र हसियाहतौडामा भोट हलेर लोकतान्त्रिक गठबन्धनका उम्मेरद्वारलाई जिताएर पठाउन आग्रह गर्नुभयो ।

माओवादीमै फर्किए निवर्तमान वडा अध्यक्ष

माओवादी केन्द्र बाट ७९ बैशाखको स्थानीय निर्वाचन का बेला ने क पा एमालेमा प्रवेश गरेका मन्थली नगरपालिका वडा नं १ का वडा अध्यक्ष पुनः माओवादी केन्द्रमै फर्किएका छन् ।
२०७९ बैशाखमा भएको स्थानीय निर्वाचनमा गठबन्धन हुँदा मन्थली गरपालिकाको उपप्रमुख वा गठबन्धन नहुँदा पार्टिवाट फेरी वडा अध्यक्षकै टिकटको दावी गरेका श्रेष्ठलाई माओवादीले वडा अध्यक्षको टिकट नदिएपछि एमाले बाट वडा अध्यक्षको टिकट पाउने आशामा नेकपा एमाले मा प्रबेश गरेका थिए ।
एमालेले उनलाई टिकट नदिएर दिनेश सुबेदीलाई टिकट दिएपछि सुबेदीलाई जिताउन कम्मर कसेर लागेको भएपनि उहाको त्यो प्रयास सफल हुन सकेन ।
रेडक्रस रामेछापको चुनाबमा माओवादी केन्द्र र एमालेको मत बाट उपाध्यक्षमा बिजयी हुनुभएका श्रेष्ठ एमालेमा आफ्नो राजतितिक भविश्य नदेखेर पुन माओवादीमा फर्किएको बताइएको छ ।
उहा शनिवार गोकुलगंगा गाँउपालिकाको चुचुरेमा सम्पन्न चुनावी सभामा माओवादी केन्द्रमा प्रबेश गरी यस निर्वाचनमा गठबन्धनलाई सघाउने प्रतिबद्धता गर्नुभएको छ ।
Share8Tweet5Share1

Related Posts

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

५ कार्तिक २०७९, शनिबार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

५ कार्तिक २०७९, शनिबार
अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास
आधारभूत

अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास

५ कार्तिक २०७९, शनिबार
राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण
शिक्षा

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण

५ कार्तिक २०७९, शनिबार
रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम
आधारभूत

रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम

५ कार्तिक २०७९, शनिबार
बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग
देश

बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग

५ कार्तिक २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.