Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

गठबन्धनका उमेद्वारहरुलाई १ सय २२ किलो मालाले स्वागत

नेपाल अभियान नेपाल अभियान
२४ कार्तिक २०७९, बिहीबार
in राजनीति, समाचार
0
22
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,२४ कात्तिक । मंसिर ४ गते हुन लागेको निर्वाचनको प्रचार प्रसार र मतदाता हरुको घरदैलो अभियानमा गाउँगाउँमा पुगेका गठबन्धनका उमेद्वारहरुलाई स्थानीय नागरीकहरुले भब्य रुपमा स्वागत गरेका छन् ।
चुनावी अभियान अन्तर्गत विहिवार गठबन्धनका साझा उमेद्वार कान्छाराम तामाङ र युवराज चौलागाई सुनापति गाउँपालिकाको वडा नं –२ बेथान र वडा नं ४ को दिमीपोखरीमा पुग्दा गठबन्धनको जित सुनिश्चित भएको भन्दै स्थानीयले १ सय २२ किलोको मालाले स्वागत गरेका हुन् ।
आसन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि काँग्रेस जिल्ला सभापति एवं प्रतिनिधि सभाका उम्मेद्वार पूर्णबहादुर तामाङ ‘कान्छाराम’ र माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश सभा ‘ख’ का उम्मेद्वार युवराज चौलागाँईलाई विभिन्न वस्तिको कार्यक्रममा सरीक हुँदै विहिवार बेथान र दीमी पोखरीमा सरीक भएका थिए
अभियानको आरम्भ बाटै गाउँपालिकाका विभिन्न वडामा गरिएको चुनावी कार्यक्रममा उनीहरुलाई स्थानीय नागरिकहरुले उक्त माला र खदाले स्वागत गरेका थिए ।

लोकतान्त्रिक बाम गठबन्धन अहिले प्रदेश सभा ‘ख’ मा निर्वाचन प्रचार प्रसारमा व्यस्त देखिन्छ । उनीहरूले प्रदेश सभा ‘क’ मा पहिलो चरणको मतदाता भेटघाट सकेर दोश्रो चरणमा ‘ख’ प्रदेशमा कार्यक्रम गरीरहेका छन् ।
फुल माला र खदाको भब्य स्वागत पछि आयोजित कार्यक्रमा बोल्दै प्रतिनिधि सभाका उमेद्वार पूर्ण बहादुर तामाङ (कान्छाराम) ले गठबन्धनको जितले मात्र रामेछापको विकास हुने वताउनुभयो । उहाले भन्नुभयो– “तपाइहरुले मलाई जति भोट दिनुहुन्छ त्यो भन्दा बढि भोट युवाराज चौलागाँई लाई दिनुस मैले मात्र जितेर हुदैन उहाले पनि जित्नुभयो भने मात्र प्रदेश र केन्द्रको धेरै बजेट ल्याएर बिकास निर्माणका कामहरु गर्न सकिन्छ ।”
सो अवसरमा बोल्दै प्रदेश सभा ‘ख’ का उमेद्वार युवराज चौलागाँईले आफु पनि यहि ठाउको भन्दै आफु र विकास प्रेमी नेता कान्छाराम लाई जिताउन अनुरोध गर्नुभयो । उहाले मैले रामेछापको भुगोल राम्रो सँग बुझेको छु ,कुन ठाउमा कस्तो विकास आबश्यक छ सबै कुरा थाहा छ एकपटक हामिलाई जिताएर हेर्न आग्रह गर्नुभयो ।
भोट माग्न गाउँगाउँमा आएका सत्ता गठबन्धनका उम्मेद्वारहरुलाई स्थानीयले गलाभरी माला लगाइदिएर चुनावी अभियानमा गरेका प्रतिवद्धता पूरा गरेर देखाउन आग्रह गरेका छन् ।
कार्यक्रमका अवसरमा माओवादीका जिल्ला नेता श्यामकुमार श्रेष्ठ, काँग्रेसका पूर्ब सभापति रामचन्द्र खड्का, नेपाली काँग्रेसको निवर्तमान सभापति लवश्री न्यौपाने समानुपातिक उमेद्वार मुक्त बहादुर महते, उज्जल राम घिमिरे, लगाएतले आ–आफ्नो मन्तब्य राख्नु भएको थियो ।
प्रदेश ख अन्तर्गत मन्थलीको फुलासीबाट सुरु भएको चुनावी सभा दोरम्बा शैलुङ्ग गाउँपालिका हुँदै विहिबार सुनापति गाउँपालिका पुगेको छ । कार्यक्रमका अबसरमा स्थानीय हरुले धामीझाक्री र जातिय झाँकि नाच समेत प्रदर्शन गरेका थिए । अभियान बाट देखिएको उत्साह र जनबिश्वासले गठबन्धनका उमेद्वारले सजिलै जित्ने दावी मतदाताहरुले गरेका छन् ।

Share9Tweet6Share2

Related Posts

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 
देश

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 

२४ कार्तिक २०७९, बिहीबार
विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 
देश

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 

२४ कार्तिक २०७९, बिहीबार
जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ
देश

जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ

२४ कार्तिक २०७९, बिहीबार
उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 
देश

उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 

२४ कार्तिक २०७९, बिहीबार
अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो
संघ

अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो

२४ कार्तिक २०७९, बिहीबार
रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

२४ कार्तिक २०७९, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.