रामेछाप,२८ कार्तिक । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मन्थली नगरले बिविध कार्यक्रमका साथ मनाउने भएको छ ।
नगरपालिकाले सोमवार आयोजना गरेको अभियानको पूर्व तयारी बैठकका अबसरमा उक्त निर्णय भएको हो ।

मंसिर ९ देखि २४ गते (तदनुसार २०२२ नोभेम्वर २५ देखि डिसेम्वर १०) सम्म मनाइने उक्त कार्यक्रम अन्तर्गत ९ गते प्रभातफेरी सहित देवकोटा चोकमा अभियानको उद्घाटन गर्ने र साझ सो चोकमै दिप प्रज्वलन गर्ने , कार्यक्रम तय गरिएको छ । त्यसैगरी नगरपालिकाका १४ वटै वडामा सरोकारवालाहरु विच अन्तगरकृया सहित भिडियो प्रदर्शनी गर्ने, जिल्लाका सबै रेडियोहरु मार्फत जिंङ्गल प्रशारण गर्ने ,महिला स्वास्थ्य स्वयम सेवीका दिवसका अबसरमा स्वास्थ्य परिक्षण गर्ने, अपाङता भएका ब्यक्तिहसँग अन्तरकृया गर्ने र समापनका दिन मानअधिकार दिवस मनाउने जस्ता कार्यक्रमहरु तय भएका छन् ।
मन्थली नगरपालिकाकी उपप्रमुख इश्वरी बस्नेतको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका सहभागिहरुले दिवसलाई औपचारितामा मात्र सिमित नगरेर उपलब्धीपूर्ण कामहरु गर्नुपर्ने बताए ।
यो बारेमा तपाईको प्रतिकृया