रामेछाप, ३० कार्तिक । स्वतन्त्र उम्मेद्वार बनेका लिखु तामाकासी गाँउपालिकाका चन्द्र राउतले गठबन्धनका उम्मेद्वर पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई समर्थन गर्नुभएको छ ।
बुधवार पत्रकार सम्मेलनको आयोना गरी उहाँले बिज्ञप्ती मार्फत आफु नेपाली काँग्रेसका पूर्ब पार्टि सचिब भएका कारण पार्टि भित्रको केहि असन्तुष्टिले दर्ता गराएको उमेद्वारी गठबन्धनका तर्फवाट उमेद्वार वनेका नेपाली काँग्रेसका पार्टि सभापति कान्छाराम तामाङलाई सहयोग गर्ने भन्दै उमेद्वारी फिर्ता लिएको बताउनुभएको छ ।
सो अबसरमा उहाले भक्कानिदै भन्नु भयो– “मैले स्वातन्त्र उमेद्वारी दिएर क्यामेरा चिन्ह मा हिजो सम्म भोट मागिरहेको थिए । तर आज अन्तराष्ट्रिय संयमता दिवसको अबसर पारेर मेरो परिवारको राजितिक भविश्य र सबै साथीभाइहरुको आग्रहलाई स्वीकार गर्दै मैले उमेद्वारी फिर्ता लिएको हुँ तर पार्टि भित्रको असहमति भने कायमै छ, त्यो बिषयमा चुनाव पछि बहस गरौला । ”
सो अबसरमा बोल्दै पूर्व पार्टि सभापति रामचन्द्र खड्काले यो असाध्यै स्वागत योग्य निर्णय भएको भन्दै नेपाली काँग्रेस भित्र राउतको राजनितिक मर्यादा कायम गरी उच्च सम्मान दिन नेतृत्वलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै पार्टि सभापति एबं प्रतिनिधि सभा सदस्यका उमेद्वार कान्छाराम तामाङले राउतलाई धन्यवाद दिदै उहा र उहाको परिवारको राजनितिक भविश्य बिग्रन नदिने प्रतिवद्धता गर्नुभयो । उहाले भन्नुभयो – “मलाई चन्द्र दाइले लगाएको यो वेलाको गुण कुनै दिन तिर्छु ।”
सो अबसरमा बोल्दै पार्टि उपसभापति लेख बहादुर कार्कीले राउतको निर्णय लाई धन्यवाद दिदै आगामी दिनमा राजनैतिक सहयात्री बनेर गठबन्धनका उमेद्वारहरुलाई जिताउनु आफुहरुको कर्तब्य भएको बताउनुभयो ।
विज्ञप्ति हेर्नुहोस्
यो बारेमा तपाईको प्रतिकृया