
रामेछाप,७ मंसिर । प्रतिनिध सभा र प्रदेश सभाको मत गणना चलिरहदा प्रतिनिधि सभा तर्फ लोकतान्त्रिक बाम गठबन्धनका उम्मेरद्वार एव.नेपाली कांग्रेसका सभापति पुर्णबहादुर तामाङ्ग (कान्छाराम) ले अग्रता लिईरहेका छन् । उनले ६ हजार ७ सय ७७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेरदवार कैलाश ढुङ्गेलले ५ हजार ५२ मत ल्याएर तामाङ्ग लाई पछ्याई रहेका छन् ।
उमाकुण्डका ७ वटा वडा र गोकुलगंगा गाउँपालिकाका ४ वटा वडा सहित ११ वटा वडाको कुल १३ हजार ८ सय ४५ मत गणना हुँदा कान्छाराम तामाङ्गले ६ हजार ७ सय ७७ मतले अग्रता लिएको छ । त्यसैगरी राप्रपा र नेकपा एस लगायत अन्य स्वतन्त्र उमेद्वार भने उनिहरुको तुलनामा निकै पछाडि छन् । त्यस्तै प्रदेश सभा तर्फ नेकपा एमालेका उमेद्वार शान्ति प्रसाद पौडेलले ५ हजार ४ सय ८ सय मत प्राप्त गरी अग्र स्थान लिएका छन् भने उनलाई नेकपा माओवादी केन्द्रका तारा नारायण श्रेष्ठले ४ हजार ९ सय ९७ मतले पछ्याइरहेका छन् ।
त्यसैगरी राप्रपाका लाल बहादुर तामाडले प्रतिनिधि सभा तर्फ ५ सय १३ र प्रदेश सभाका उमेद्वार हिक्मत सुनुवारले १ हजार ९ सय १५ मत प्राप्त गरेका छन् । त्यसैगरी प्रदेश सभा तर्फ नेकपा एसका उमेद्वार रमेश कुमार बस्नेतले ३ सय ६१ मत प्राप्त गरेको मुख्य निर्वाचनको कार्यालय रामेछापले जनाएको छ । ढिलोगरी भईरहेको मत गणनामा प्रतिनिधिसभा तर्फ ९ सय ४३ र प्रदेश सभा तर्फ ५ सय ६६ मत बदर भएको पनि कार्यालयले जानकारी दिएको छ ।
यो बारेमा तपाईको प्रतिकृया