रामेछाप,२ पुष – खाँडादेवी गाउँपालिकाका कर्मचारीहरुले हाजिरै नगरी तलव खाने गरेका तथ्य सार्वजनिक भएको छ । साउनदेखि कार्यालयमा अनुपस्थित रहेका सो पालिकाका अधिकांस कर्मचारीहरुले हजिरै नगरी तलव खने गरेको तथ्य फेलापरेको हो ।
कर्मचारीले तलब भुक्तानी लिन हाजिर प्रमाणित गर्नुपर्ने भएपनि हाजिर प्रमाणिकरण गर्ने प्रमुख प्रशासकीय अधिकृत नारायण लामिछानेले नै कार्तिकदेखि हालसम्म हाजिर नगरी तलव लिएको पाइएको छ ।
कार्यालयमा राखिएको हाजिरी पुस्तिकामा प्रमुख प्रशासकीय अधिकृत लामिछाने कार्तिक ३ गतेपछि हाजिर गरेका छैनन् । त्यसैगरी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश श्रेष्ठ पनि साउन महिनादेखि नै हाजिर नभएको पाइएको छ ।
साउन महिनादेखि हाजिर नभएका कर्मचारीहरुले पनि असोज महिनासम्मको तलब भने बुझिसकेका छन् । स्वास्थ्य शाखामा कार्यरत सिनियर अनमी बसुन्धरा सुवेदीले पनि साउनपछि कार्यालयमा हाजिर नभई तलब बुझेको पाइएको छ ।
कर्मचारीले हाजिर नगरी तलब दिन नमिल्ने तर आपूm आउँनु पहिले नै तलब मुक्तिनी भइसकेकाले यसबारे आपूmलाई जानकारी नभएको खाँडादेवी गाउँपालिकाका लेखा अधिकृत विजय लुइटेलले बताउनुभयो । कर्मचारीले हाजिर नगर्नु भनेको कार्यालयमा अनुपस्थित हुनु हो–उहाले भन्नुभयो । असोज महिनासम्मको तलब भुक्तिनी भइसकेकाले हाजिर नगरेका कर्मचारीको असोज पछिको तलब प्रतिवेदन माग गरेर मात्र भुक्तानी दिने लेखा अधिकृत लुइटेलले बताए ।
लेखा अधिकृत लुइटेलका अनुसार– “नियममा कर्मचारीले बिहान १०ः१५ बजे अघिनै हाजिर गरिसक्नुपर्ने हुन्छ । आफू नियमित कार्यालयमा उपस्थित भएको तर हाजिर गर्न छुटेको स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश श्रेष्ठले बताउनुभयो ।
नियमानुसार हाजिरी प्रमाणिकरण गर्न कार्यालयमा राखिएको हाजिरी पुस्तिकामा हाजिर गरेको हुुनुपर्छ । कार्यालयकै काममा कार्यालय बाहिर गएको र विदामा बसेको समेत हाजिरी पुस्तिकामा उल्लेख गर्नुपर्ने हुन्छ । तर स्वास्थ्य शाखा प्रमुख र स्वास्थ्य शाखामै कार्यरत शिनियर अनमी बसुन्धरा सुवेदीले साउन महिनादेखि हाजिर नै गरेका छैनन् । हाजिर नै नगरी असोज महिनासम्मको तलब भत्ता भने भुक्तानी नलिइसकेका छन् । तलब भुक्तानी लिइसकेको महिनाको हाजिर गर्नुहुन्छ कि गर्नुहुन्न भन्ने प्रश्नमा स्वास्थ्य शाखा प्रमुख ओमप्रकास श्रेष्ठले तलब लिइसकेकाले हाजिर गर्ने बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत नायरायण लामिछाने भने प्रशासन फाँटका कर्मचारीलाई दोष देखाउँदै पञ्छिन खोज्नुभएको छ । आपूmहरु फिल्डमा गएको बेलमा प्रशासन फाँटको कर्मचारीले हाजिरीमा नजनाइदिएकाले समस्या आएको लामिछानेको भनाई छ । आपूmले कामलाई प्राथमिकतामा राखेको र हाजिरलाई गौण मानेको लामिछाने वताउनुभयो । हाजिर नगरे पनि सरकारी कर्मचारीको तलब नरोकिने उहाले बताउनुभयो ।
कर्मचारीले हाजिर नै नगरी र हाजिर प्रमाणित नगरी तलब भत्ता बुझ्नु अनियमितता भएको भन्दै आवश्यक छानबिन गरी कारबाहीको दायरामा ल्याउने गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताउनुभयो । छानविन गरेर कारबाहीको दायरामा ल्याउन र कर्मचारीलाई अनुसाशित बनाउन आपूmले प्रयास गर्ने गाउँपालिका अध्यक्ष श्रेष्ठले बताउनुभयो । कार्यालयमा हाजिर समेत नहुने कर्मचारीबाट नागरिकले सहज र पारदर्शी सेवाको आशा गर्नु बेकार हुने सामाजिक अगुवाहरु बताउँछन । हाजिर नै नगरी कर्मचारीले तलब बुझ्नुले खाँडादेवी गाउँपालिकाका कर्मचारीको अनुशासन र प्रशासनिक सुशासनको धज्जी उडाएको मात्र छैन, कामचोर कार्मचारीको लागि प्रश्रय समेत मिलेको छ ।
यो बारेमा तपाईको प्रतिकृया