रामेछाप,६ माघ । सहकारी तथा गरिवी सम्बन्धी ब्यवस्थापन सूचना प्रणाली (कोपोमिस) सम्बन्धी अभिमुखीकरण मन्थलीमा शुक्रवार सम्पन्न भएको छ ।
दुई दिन सम्म चलेको उक्त अभिमुखीकरणमा राट्रिय सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रका तालिम अधिकृत नविन मैनालीले गर्नु भएको थियो ।
कार्यक्रमको समापनका अबसरमा वोल्दै मन्थली नगरपालिकाका उप प्रमुख इश्वरी बस्नेतले नगरका सहकारीहरुलाई ब्यवस्थित गर्न नगरपालिका लागि पर्ने बताउनुभयो । उहाले नगरपालिका वाट यस अघि पनि नगरका सहकारीहरुलाई तालिम दिएको र आगामी दिनमा पनि यस्ता तालिमहरु दिने बताउनुभयो ।
सो अबसरमा पत्रकार महासंघ रामेछापका उपाध्यक्ष कैलाश खत्री, पत्रकार रमेश ढुंगेल,तालिकी सहभागि कल्पना घिमिरे लगाएतले कोपोमिस को तालिममा सिकेका कुराहरुलाई ब्यवहारमा लागु गर्न सके सबै सहकारीहरु पारदर्शी हुने बताए ।
सो अबसरमा वोल्दै मन्थली नगरपालिकाका सहकारी अधिकृत उज्वल पोखरेलले आगामी वर्षका लागि नगरको योजना तर्जुमा का कामहरु सुरु भैसकेकोले सहकारी क्षेत्रमा नगरले गर्नुपर्ने कार्यक्रमका वारेमा लिखित सुझाव दिन सम्बन्धीत निकायहरुलाई आग्रह गर्नुभयो । तालिममा नगर भित्र रहेका ५५ वटा सहकारी संस्थाका पदाधिकारी एबं कर्मचारीहरुको सहभागिता रहेको थियो ।
यो बारेमा तपाईको प्रतिकृया