Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सृजनशिलको मन्थलीमा रामेछाप विकास बहस

नेपाल अभियान नेपाल अभियान
८ माघ २०७९, आईतवार
in समाचार, स्थानीय सरकार
0
11
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,८ माघ । शानिबार सदरमुकाम मन्थलीमा रामेछाप–काठमाडौँ सृजनशील समाजले ‘रामेछाप विकास बहस’ बिषयक कार्यक्रम सम्पन्न गरेको छ ।
मन्थली नगरको विकास सँगै जिल्लाको विकासका लागि संभाबना खोज्न उक्त कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।


कार्यक्रमको आरम्भमानै मुख्य अतिथि र अतिथि हरुका लागि खादा माला र अतिथि तथा आसन ग्रहणको पनि बिषेश व्यवस्था गरिएको थिएन् । खादा, माला लगाएर अतिथि सत्कारलाई गरिँदै आएको फजुल खर्च समेत कम गर्ने उदेश्यका कारण उक्त कार्य गरिएको आयोजकले जनाएको हो ।
विगतका जन प्रतिनिधिहरुबाट भएको विकास र गतिविधि हुँदै नयाँ जन प्रतिनिधिहरु आएपछि गर्न लागेका कामहरु र भावि योजनाका बारेमा पनि जिल्लाका सरोकारवालाहरुको रोहबरमा सुन्ने सुनाउने उदेश्यले आयोजना गरिएको कार्यक्रममा जन प्रतिनिधि लगायत अन्य सरोकारवालाहरुको पनि सकृयता रहेको थियो ।
कार्यक्रममा बहालवाला प्रदेश सांसददेखि, पूर्व सांसद, जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, वडा अध्यक्ष, प्रधानाध्यापक, शिक्षक, समाजसेवी, विभिन्न पेशा व्यवसायमा संम्लग्न उद्यमी तथा विज्ञहरूको समेत उपस्थिति थियो । कार्यक्रमका अबसरमा वोलाईएका सबै मुख्य अतिथि र अतिथि सबैलाई कार्यक्रमको अगाडि दर्शक दिर्घामै राखेर बहसमा सहभागि गराईएको थियो ।
आयोजकले कार्यक्रमको मोडलनै नयाँ तरिकाले संचालन गर्ने प्रयास गरेको कुराले सहभागिहरुलाई बहसमा भाग लिन अझै सहज बनाएको थियो । जसमा मर्यादा क्रमलाई पनि कम प्राथमिकता दिएर कार्यक्रमलाई समाबेशि बनाउने प्रयास आयोजकहरुले गरेका थिए ।
आयोजक संस्थाका जिल्ला अध्यक्ष बिपिन भट्टराईको अध्यक्षतामा भएको उक्त कार्यक्रमका अबसरमा साँसदहरु तारा नारायण श्रेष्ठ र आनन्द श्रेष्ठ,मन्थली नगर प्रमुख र खाँडादेवी गाउँपालिकाका प्रमुख,लगायतका निर्वाचित जन प्रतिनिधिहरुले आ–आफनो क्षेत्र,नगर र वडाको विकासका लागि संभावित प्रतिबद्धता जाहेर गर्नु भएको थियो ।
सो अबसरमा करिब दुई दर्जन भन्दा बढी सरोकारवालाले मन्थलीको विकास र समृद्धिको लागि खेल्नु पर्ने भूमिकाको बारेमा बोलेका थिए । कार्यक्रमका अबसरमा सरोकारवाला सहभागिहरुको उल्लेख्य र गुणात्मक सहभागिताले कार्यक्रमको ओझलाई उठाएको भएपनि यसको कार्यान्वयनमा आफु आशावादी हुन नसक्ने कार्यक्रमका सहभागी पत्रकार रमेश ढुंगेलले बताउनु भयो ।
सहभागी दिर्घामै बसेर सबैको कुरा सुनेका मुख्य बक्ताहरुका आबश्यक्ताका आधारमा ५ मिनेट देखि आधा घण्टा सम्मको समय दिईएको थियो । सबै बक्ताहरुले तोकिएको विषय वस्तुमा आधारित रहेर मात्र जिम्मेवार पुर्वक आफना कुराहरु राख्नु पर्ने ब्यवस्था पनि आयोजकले गरेको थियो । मन्थली नगरपालिका संगको सहकार्यमा उक्त कार्यक्रम गरिएको थियो ।
पछिल्लो समयमा नागरिकहरुको अपेक्षाहरु आसातित ढंगले बढ्दै गईरहेको र त्यसलाई जन प्रतिनिधिले सहि ढंगले लिन र बुझन नसक्दा समाज विकासमा पुगेको अबरोधलाई हटाई समन्वयात्मक र सकारात्मक सोचका साथ जिल्लाको विकास मोडललाई सहि मार्गमा ल्याउनका लागि केहि हद सम्म पनि सहयोग पुगोस भन्नका लागि कार्यक्रमको आयोजना गरिएको संस्थाका जिल्ला अध्यक्ष विपीन भट्टराईले बताउनु भयो । उहाँले बहसको नाममा मात्र नभएर बहस नभएर विकासका लागि बहस कार्यक्रम भएकोले कार्यक्रमबाट निश्किएको निचोडलाई मन्थली नगरपालिकामा बुझाएर उक्त विवरण सार्वजनिक गर्ने योजना रहेको अध्यक्ष भट्राईले वताउनु भयो ।

Share4Tweet3Share1

Related Posts

पत्रकार घिसिङ प्रेस चौतारी पत्रकारिताबाट सम्मानित
देश

पत्रकार घिसिङ प्रेस चौतारी पत्रकारिताबाट सम्मानित

८ माघ २०७९, आईतवार
रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न
कारोबार

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न

८ माघ २०७९, आईतवार
१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न
प्रदेश नं ३

१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न

८ माघ २०७९, आईतवार
खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै
आधारभूत

खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै

८ माघ २०७९, आईतवार
शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

८ माघ २०७९, आईतवार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

८ माघ २०७९, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.