Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

शैक्षिक क्षेत्र सुधारको अभियानमा मन्थली नगर

नेपाल अभियान नेपाल अभियान
९ माघ २०७९, सोमबार
in समाचार, स्थानीय सरकार
0
19
SHARES
Share on FacebookShare on Twitter


रामेछाप, माघ ९ गते । आफ्नो नगरको शैक्षिक क्षेत्रको सुधार गर्न मन्थली नगरपालिका लागिपरेको छ ।
पछिल्लो समयमा सामुदायिक शिक्षा सुधारको अभियाननै सञ्चालन गरेर नगरपालिकाले सुधारको प्रयास गरेको हो ।
नगरपालिकाले शिक्षा क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राखेर सामुदायिक विद्यालयहरुको पठन पाठनलाई गुणस्तरीय बनाउने अभियान लाई तिब्र बनाएको हो ।
सोहि अभियान अन्तर्गत नगरपालिकाले अहिले अभिभावक, शिक्षक, विद्यार्थी, सरोकारवाला निकायसँग वडा तहमानै छलफल, प्रशिक्षण लगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ ।
त्यसैगरी आन्तरिक व्यवस्थापन सुधार, शिक्षण सिकाइ उपलब्धिको लागि प्रधानाध्यापक तथा शिक्षकहरूसँग पनि दोहोरो सवालजवाफ, दैनिक विद्यार्थी, शिक्षक डायरी ब्यवस्थापन र दैनिक कामको अभिलेखिकरण लगायतका विभिन्न काम नगरपालिकाले सुरु गरेको छ ।


यहि अभियान अन्तर्गत आइतबार मन्थली नगरपालिका–२ कठजोरको निलकण्ठेश्वर माध्यामिक विद्यालयमा गुणस्तरीय शिक्षाको लागि शिक्षक तथा सरोकारवाला बिच अन्तरक्रिया गरेको थियो । विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समिति,अभिवाक र स्थानीय सरोकारवालासँग नगरपालिका प्रमुख लव श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेत, सामाजिक विकास समितिका संयोजक एवं वडा नं–८ का वडाध्यक्ष गोपाल श्रेष्ठ, वडा नं २ का वडाध्यक्ष सुरेन्द्र कार्की,वडा नं ३ का वडाध्यक्ष कृष्णगोपाल थापा, महाशाखा प्रमुख हेमन्त बुढाथोकी समेतको उपस्थितिमा शिक्षा सुधारका सवालमा छलफल गरिएको थियो ।
कार्यक्रमका अबसरमा नगरप्रमुख श्रेष्ठले सामुदायिक शिक्षाको गुणस्तर सुधार नगरपालिकाको पहिलो प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘‘मन्थली नगरपालिकाको पहिलो प्राथमिकता शिक्षा नै हो, त्यसैले बजेटको अभावले शिक्षामा सुधार गर्ने काम पैसाको अभावले रोकिँदैन ।’’ शैक्षिक सुधारका लागि आवश्यकता अनुसारको दीर्घकालीन तथा प्रभावकारी योजना बनाएर लाग्न विद्यालयलाई आग्रह गर्दै नगरप्रमुख श्रेष्ठले आवश्यक स्रोत र साधनको व्यवस्थापन नगरपालिकाले गर्ने बताउनुभयो । कुल १४ वडा रहेको मन्थली नगरपालिकामा १९ वटा माध्यायिक विद्यालय र ४९ वटा आधारभूत विद्यालय सञ्चालनमा रहेका छन् । यी विद्यालयहरूमा अध्ययनरत करिब १० हजार पाँच सय भन्दा बढी विद्यार्थीहरूको शैक्षिक उन्नयनका लागि नगरले अभियान चलाएको र त्यसका लागि सरोकारवालाहरुले पनि सकृयता र चासो देखाएको नगर पालिकाले जनाएको छ ।
नगरमा रहेका सबै बिद्यालयहरुले भुकम्प पछि नयाँ सुविधा सम्पन्न भवनहरु पाएको भएपनि गुणस्तरीय शिक्षाको अभावमा अभिभावकहरुले आफ्ना वालवालिकाहरु निजी बिद्यालय मा पठाउने गरेका छन् ।

Share8Tweet5Share1

Related Posts

पत्रकार घिसिङ प्रेस चौतारी पत्रकारिताबाट सम्मानित
देश

पत्रकार घिसिङ प्रेस चौतारी पत्रकारिताबाट सम्मानित

९ माघ २०७९, सोमबार
रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न
कारोबार

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न

९ माघ २०७९, सोमबार
१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न
प्रदेश नं ३

१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न

९ माघ २०७९, सोमबार
खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै
आधारभूत

खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै

९ माघ २०७९, सोमबार
शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

९ माघ २०७९, सोमबार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

९ माघ २०७९, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.