रामेछाप,५ चैत रामेछाप । मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा शान्तिपूर्ण ढंगबाट स्ववियू निर्वाचन सम्पन्न भएको छ ।

आइतवार सम्पन्न उक्त मतदान कार्यक्रममा कुल ७०३ मतदाता मध्ये ५१४ जनामात्र मतदान कार्यक्रममा सहभागि भएका थिए । मतदान कार्यक्रममा भाग लिनेहरुमा १६५ जना छात्र र ३४९ छात्रा रहेका छन् ।
त्रिभुवन विश्व विद्यालयको कार्यतालिका अनुसार बिहान ८ बजेदेखि सुरु भएको मतदान दिउसो ४ बजे सकिएको थियो ।
मतगणना आजै हुने मतदान अधिकृत नारद थापाले जानकारी दिनुभयो ।
जिल्लामा भएको कुल ९ वटा सामुदायिक क्याम्पस मध्ये यो क्याम्पसमा मात्र स्ववियू निर्वाचन भएको हो, अरुमा भने स्ववियू स्थापना भएको छैन ।
नेविसंघ अखिल क्रान्तिकारी र अनेरास्ववियू विच भएको गठबन्धन र एमाले निकट अनेरास्ववियू बिच प्रतिस्पर्धा भएको थियो ।
यो बारेमा तपाईको प्रतिकृया