Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

‘सरकारले संवैधानिक निकायलाई नै पङ्गु बनायो’ : नेता सिटौला

नेपाल अभियान नेपाल अभियान
६ श्रावण २०७६, सोमबार
in राजनीति
0
239
SHARES
Share on FacebookShare on Twitter

६ साउन, २०७६
रामेछाप- नेपाली काग्रेसका नेता कृष्णप्रसाद सिटौलाले केपी ओली नेतृत्वको सरकारले संवैधानिक निकायहरुलाई पङ्गु बनाएको आरोप लगाउनु भएको छ । ३७ औं वीपी स्मृति दिवसमा बीपी कोइराला प्रतिष्ठान रामेछापले सोमबार सदरमुकाम मन्थलीमा आयोजना गरेको विचार गोष्ठीमा बोल्दै नेता सिटौलाले संविधान विपरित संवैधानिक निकायलाई आफू अनुकुल बनाएर स्वतन्त्र न्यायपालिकालाई समेत प्रभावमा पार्ने खेलमा अहिलेको सरकार लागेको आरोप लगाउनु भएको हो ।

उहाँले भन्नुभयो– ‘अहिलेको सरकारले संवैधानिक निकायहरु लोकसेवा आयोग, निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता आयोगहरुलाई आफ्नो कठपुताली बनाएर बसेको छ ।’ ‘प्रेस स्वतन्त्रता माथि अतिक्रमण हुन थालेको छ, उद्योगको क्षेत्रमा दुख दिन थालेको छ, कर्मचारी प्रशासनका मानिसहरुलाई पुरै राजनीतिककरण गरेर धम्क्याउने खेलमा अहिलेको सरकार लागिरहेको छ ।’
अहिलेको सरकारले आफैले बनाएको संविधानलाई लात हान्दै जान थालेको र त्यस्तो किसिमको क्रियाकपलापले संघियता नै खतरामा पर्ने धाराण समेत नेता सिटौलाले राख्नुभयो ।

युवालाई नेतृत्व हस्तान्तरण गरे वीपीको जस्तै ईतिहास बनाउन सक्छौँ : नेता घिमिरे

त्यसैगरी ‘वीपी, न विगत न वर्तमान–एक अपूर्व विज्ञान’ विषयक विचार गोष्ठीमा बोल्दै नेपाली काग्रेसका युवा नेता गुरुराज घिमिरेले अहिले पनि वीपीको इतिहासलाई सबैले सम्झिरहेको कुरा स्मरण गराउँदै अहिलेको काँग्रेस नेतृत्वले अहिलेको युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गरे वीपीको जस्तै ईतिहास बनाउन युवा पुस्ता लाग्ने बताउनुभयो ।
कार्यक्रमको विशिष्ट अतिथि समेह रहनु भएका युवा नेता घिमिरेले नेपाली काग्रेसलाई एक ढिक्का बनाएर अर्को निर्वाचनमा नेकपालाई धुलो चटाउने गरी अहिले देखिनै नेपाली काग्रेस लाग्नु पर्ने धाराण समेत व्यक्त गर्नुभयो । फरक प्रसंगमा नेता घिमिरेले अहिले मुलुकले मागेको एजेण्ड नेपाली काग्रेसले उठाएको देखेर केप ओली आत्तिएको र प्रचण्ड हडबडाउन थालेको धाराण राख्नुभयो ।

वीपी कोइराला प्रतिष्ठान रामेछापका अध्यक्ष रामकृष्ण खड्काको अध्यक्षतामा भएको कार्यक्रममा ३ नं. प्रदेशका रामेछाप क का सांसद शान्ती पौडेल, नेपाली काग्रेस रामेछापका पार्टी सभापति लवश्री न्यौपाने, रामेछाप काग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र ख्डका, रामेछाप नगरपालिकाका नगर प्रमुख नरबहादुर थापामगर, उमाकुण्ड गाउँपालिकाकी उपप्रमुख उर्मिला कार्की बस्नेत र युवा नेता विपिन अधिकारीले आ–आफ्नो धाराण राखेको थिए ।

एसइइ परीक्षामा उत्कृष्ट हुने विद्यार्थी सम्मानित

कार्यक्रममा २०७५ सालको एसइइ परिक्षामा रामेछापबाट उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान पनि गरिएको छ । जिल्लाभरीका विद्यालयबाट ‘ए’ प्लस ल्याउने सबै विद्यार्थीहरुलाई सम्मान पत्र र उत्कृष्ट ग्रेट प्राप्त गर्ने ३ जना विद्यार्थीलाई नगद दुई हजार पाँच रुपैयाँ सहित सम्मान गरिएको बीपी कोइराला प्रतिष्ठान रामेछापका महासचिब रत्नहरी ढुङ्गेलले जानकारी दिनुभयो । त्यस्तै विभिन्न विषयमा सतप्रतिशत सिकाई उपलब्धी हासिल गर्न सफल शिक्षकहरु र एसइइमा राम्रो परिणाम ल्याउने विद्यालयहरुलाई समेत सम्मान गरिएको महासचिब ढुङ्गेलले जानकारी दिनुभयो ।

कोइरालाको सम्झनामा वृक्षरोपण

त्यस्तै नेपाली काग्रेस रामेछापले सोमबार बिहान स्व. वीपी कोइरालाको ३७ औं स्मृति दिवसमा वृक्षरोपण गरेको छ । काग्रेस केन्द्रिय नेता कृष्ण प्रसाद सिटौलाको समेत सहभागितामा मन्थली नगरपालिका–१ भैसेश्वर डाँडामा विभिन्न जातका विरुवा रोपिएको हो । नेपाली काग्रेसद्धारा रोपिएका विरुवालाई हुर्काउनको लागि पानी व्यवस्थापन गर्न नेपाली काग्रेस महधिबेशन प्रतिनिधि भरत चौलागाईले २५ हजार नगद समेत सहयोग गर्नुभएको छ ।

Share219Tweet9Share2

Related Posts

कुलमानलाई हटाएको बिरोधमा मन्थलीमा राँके जुलुस प्रदर्शन
राजनीति

कुलमानलाई हटाएको बिरोधमा मन्थलीमा राँके जुलुस प्रदर्शन

६ श्रावण २०७६, सोमबार
अनेरास्ववियुको विजय जुलुस प्रदर्शन
राजनीति

अनेरास्ववियुको विजय जुलुस प्रदर्शन

६ श्रावण २०७६, सोमबार
सुनकोसीमा ३५ जना प्रबेश
राजनीति

सुनकोसीमा ३५ जना प्रबेश

६ श्रावण २०७६, सोमबार
नेपाली काँग्रेस प्रदेश सभा ‘ख’ ले तोक्यो प्रतिनिधि
राजनीति

नेपाली काँग्रेस प्रदेश सभा ‘ख’ ले तोक्यो प्रतिनिधि

६ श्रावण २०७६, सोमबार
राप्रपाको प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

राप्रपाको प्रशिक्षण कार्यक्रम सम्पन्न

६ श्रावण २०७६, सोमबार
संसदिय छानविन समिति गठन नभए सम्म काँग्रेसले सदन चल्न दिँदैन– डा.सङग्रौला
राजनीति

संसदिय छानविन समिति गठन नभए सम्म काँग्रेसले सदन चल्न दिँदैन– डा.सङग्रौला

६ श्रावण २०७६, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.