१९ साउन, २०७६
रामेछाप- नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले राजा महाराजको गुलामी गर्ने दलालहरु अहिले संघिय लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा लागेको आरोप लगाउनुभएको छ । ११ वर्ष अघि निर्माण कार्य सुरु भई हालै सम्पन्न भएको सिन्धुली रामेछाप जोड्ने खैरेनीघाटको पक्की पुल उद्घाटन सत्रलाई आइतबार संवोधन गर्दै अध्यक्ष दाहालले जिन्दगी भरी तानाशाही र दलालीको चाकडी गर्नेहरु संघिय लोकतान्त्रिक गणतन्त्रलाई नै खतरामा पर्ने गरी अहिले सलबलाउन थालेको आरोप लगाउनु भएको हो ।
गाउँको विकास नचाहाने केही तत्वहरु अहिले गणतन्त्रको विरुद्धमा बोलेर हिडे पनि सात दशक लगाएर हजारौ जनताको बलीदानीबाट आएको व्यवस्थालाई कुनै पनि हालतमा परिवर्त नहुने पनि दाहालले ठोकुवा गर्नुभयो ।
संविधानको विपरित नेपालको अहिलेको पविपरित नेपालको अहिलेको पद्धती नै परिवर्तन गर्नु पर्छ भनेर दिवा सपना देख्नेहरुको सपना कुनै पनि हालतमा पुरा नहुने अध्यक्ष प्रचण्डले दाबी गर्नुभयो ।
अहिलेको तीन तहको सरकारले जनताका आवश्यकतालाई ध्यानमा राखेर युद्धस्तरमा काम गरी रहेको उहाँले बताउनुभया । अझै पनि जनताले चाहे जति धेरै काम गर्न बाँकी रहेकाले ती काम पूरा गर्न सरकारले सबै शक्ती प्रयोग गरेर अगाडी बढ्ने विश्वास पनि अध्यक्ष प्रचण्डले दिलाउनुभयो ।
अध्यक्ष प्रचण्डले आफू पहिलो पटक प्रधामन्त्री हुँदा सिल्यानस गरेको पक्की पुल लामो सयमा पछि निर्माण कार्य सम्पन्न भएको र यो पुलले सिन्धुलीको बीपी कोइराला र रामेछाप पुष्पलाल श्रेष्ठको ईतिहास देखि आधुनिक विकासलाई समेत नजिक बनाउनेमा विश्वास व्यक्त गर्नुभयो ।
रामेछापको सुानपति गाउँपालिकाका अध्यक्ष धावा लामाको अध्यक्षतामा भएको कार्यक्रममा तीन नं. प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेल, संघिय सांसद हरिबोल गजुरेल र श्याम कुमार श्रेष्ठले समेत बोलेका थिए ।
काम सुरु गरेको ११ वर्ष पछि बनेको पुलबाट रामेछापको तीन गाउँपालिका र सिन्धुली जिल्लाका सर्वसाधारणले सहज रुपमा यात्र गर्न पाउँनेछन् ।
यो बारेमा तपाईको प्रतिकृया